Tuesday , November 21 2017
Breaking News

एमालेको कार्यक्रममा फेरि गाेली चल्याे, मोर्चाका दुर्इ कार्यकर्ता घाइते

  • नेपालगञ्ज १ चैत । 

नेकपा एमालेकाे कार्यक्रममा फेरि गाेली चलेकाे छ । 

एमालेको मेची-महाकाली अभियान अन्तरगत अाज बाँकेको नेपालगञ्जमा कार्यक्रम भइरहेका बेला प्रहरीले हवार्इ फायर गरेकाे हाे । अहिले नेपालजञ्जस्थित गुलरिया सडकखण्डमा तनाव भएको छ ।
सप्तरीमा जस्तै यहाँपनि मधेसी मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रेका छन् । प्रहरीसँगकाे झडपमा परि २ जना माेर्चाका कार्यकर्ता घाइते भएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले हतियार खोस्न थालेपछि हवाई फायर गर्नु परेको प्रहरीले बताएको छ भने मोर्चाले अाफूहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेको तर प्रहरीले हस्तक्षेप गरेको बताएको छ ।
 ImandarMedia.com

Leave a Reply