कति कमायो शत्रु गतेले ? तोड्ला त छक्का पञ्जाको रेकर्ड ? (फिल्म हल रिपोर्ट)

नेपाली कथानक चलचित्र शत्रु गते चैत्र ९ गते देखी देशभरको हलहरुमा चलिरहेको छ । यो प्रतिक्षरत फिल्मको सवत्र्र चर्चा छ । अधिकांश फिल्म हलहरु हाउसफूल भएका छन् भने काठ्माण्डौं बाहिर भने एसईई परिक्षाका कारण अपेक्षकृत सफलता पाएको छैन । निर्माता हरिबंश आचार्यका अनुसार परीक्षापछि फिल्म हेर्न झन ओईरो लाग्ने छ । उनले नेपाली फिल्ममा यसले नयाँ रेकर्ड राख्ने समेत बताए । यसको अनुमान चलचित्र छक्का पञ्जाको रेकर्डलाई ब्रेक थ्रु गर्ने आँकलन गरिएको छ । शुक्रबारमात्र यसको ग्रस कलेक्सन करिब ७० लाख भएको र शनिबार एक करोड नाघ्ने अनुमान रहेको थियो ।
यो गतिमा चलचित्रले व्यपार गर्न थाल्यो भने आम्दानीको हिसाबमा यसले ब्रेक थ्रु गर्न सक्ने आँकलन फिल्म बिश्लेषकहरुले गरेका छन् । हामीले पोखराको श्रीकृष्ण र बिन्ध्यवासिनी फिल्म हलमा गएर शत्रुगतेको बारेमा दर्शक प्रतिकृया लिएका थियौं । उनलीहरुले चलचित्र राम्रो बनेको बताए । मह जोडीको पुन इन्टी र चर्चित हास्य कलाकारहरुको साथमा पल शाह र आँचल शर्माको समेत अभिनय रहेकाले युवा पुस्तालाई समेत यसले आर्कषित बनाएको छ । फिल्मको निर्देशन प्रदीप भट्टराईले गरेका हुन भने किरण केसी (रातामकै) यसको प्रस्तुतकर्ता हुन् । हेरौं यो हल रिर्पोट के शत्रु गतेले छक्का पञ्जा २ को रेकर्ड तोड्ला ?