श्रीपशुपतिनाथले सबैको कल्याण गरुन, चैत्र १० गते शनिबार मार्च २४ को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल चैत्र १० गते शनिबार इश्वी सन २०१८ मार्च २४ तारीख चैत्र शुक्ल पक्ष सप्तमी तिथी ०९ः५५ बजे सम्म पश्चात अष्टमी तिथी चन्द्रमा मिथुन राशिमा सुर्य उत्तरायण वसन्त ऋतु विश्व क्षयरोगविरुद्ध दिवस – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

नजिकका मित्रजनहरु टाढिएको महसुस हुनेछ । गरीरहेकोकार्य सम्पादनमा उत्पन्न सामान्य तनावले सताउनेछ । यात्राका क्षेत्रमा बिशेष सजग रहनु होला । प्रतिश्पर्दा जन्य कार्यमा भने उत्तम समय रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

वाणीका कारण आफ्न्न जनहरुबिच सामान्य वादबिवादको झमेलाले सताउनेछ । खानपानका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मानसिक चन्चलताले सताउने छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । पारीबारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आफ्नु लापरवाहिले धनमालको क्षति हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । पारीवारिक शुःख प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । अध्यन क्षेत्र उत्तम रहनेछ ।