किन हराए राजु परियार ? कोमल वलीलाई जवाफी गीत गाउँदै छन् अब, अन्तरवार्तामै खुल्यो सम्पूर्ण रहस्य (भिडियो)

नेपाली लोकसंगीतको क्षेत्रमा चर्चित नाम हो, राजु परियार । करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहोरी गीतमा आवाज दिईसकेका राजु परियार पछिल्लो समय त्यती संगीतिक क्षेत्रमा देखा परेका छैनन् । केही बर्ष पहिले राजु परियारको नाम नभएका एल्बमहरु बिक्री हुन गाह्रो हुन्थ्यो जति बेला गीतहरु रिल तथा चक्का प्रबिधिमा थिए । पछिल्लो समय उनले दारौं सिरुवारी गीत बजारमा ल्याए जुन सर्वाधिक चर्चा पाएको गीत हो । सामाजिक चेतनाका गीतहरुमा पनि उनले उत्तीकै आवाज दिएका छन् र आफैले पनि प्रस्तुत गरेका छन् । सुनपानीले छर्क मयालु.. रुमाल धोको छु जस्ता समाजिक चेतनाका गीतहरुपनि उनको चर्चित गीत हुन् । पछिल्लो समय बिदेशका कार्यक्रममा बढी व्यस्त हुने राजुले अब छिटै कोमल वलीको पोईल जान पाम गीतलाई जवाफको रुपमा कोमल वलीसंगै गाएर निकाले कुरा अन्तरवार्ताकै क्रममा खुलासा गरे ।