‘सिधाकुरा जनतासँग’ २०० औं भागमाः रविको गर्जन ! देश, जनता र सत्यको पक्षमा निडर, निर्भिक भइ बोल्न छोडेको दिन श्रद्धाञ्जली दिनु होला:

‘सिधाकुरा जनतासँग’ २०० औं भागमाः ‘कार्यक्रम बन्द गराउन भएका प्रयासहरुको बारेमा एक-एक हिसाब प्रमाण सहित राखेका छौं’
२ सयौ श्रृङ्खला- लालबाबु पन्डित, गोकर्ण बिष्ट लाईभ-

कार्यक्रमको २०० औं भागमा छौं । करिब डेढ बर्षको यो यात्राले एउटा तरंग ल्याएको भान हुन्छ । हरेक वेथिती, बिसंगती र अनियमितताको जवाफ देशका प्रमुख नेतृत्वले मात्र दिनु पथ्र्यो । तर हामीले त्यो क्रमलाई भंग गर्ने प्रयास ग¥यौँ । हरेक नागरिक जिम्मेवार छन् भन्ने सन्देश हामी यो समाजमा प्रवाह गर्न चाहान्थ्यौ । आज २ सय भाग सम्म आइपुग्दा हाम्रो उदेश्यले मूर्तरुप लिदै गरेको देखेर गर्वले छाती फुल्छ । पकेटमा रहेको स्मार्ट फोन झिकेर घुस माग्नेको अगाडी तेस्याउने र ढिला सुस्ती गरी अनावश्यक दुख दिनेलाई सिधाकुराको टिमलाई बोलाइदिउँ भनेर सिधै कुरा गर्नेहरुको जमात दिन २ गुना रात ४ गुणा बढ्दो छ । प्रत्येक दिन सयौँको संख्यामा हामीसँग सम्पर्क गर्न पिडितहरुको पक्षमा घोक्रो सुक्ने गरी कराउँदा, त्यसलाई फलोअप गर्दा, अझ आवश्यक परे उनिहरुसँगै मैदानमै उत्रिएर न्यायको पक्षमा निडर भएर उभिँदा हामीले आलोचना खेपेका छौं ।

बडेमानका दिग्गज भन्दा दिग्गजहरु हाम्रो कर्मलाई पत्रकारीता होइन भन्नु हुन्छ । पत्रकारीताको परिधि भित्र विदेशमा फसेका चेलिहरुलाई बचाउने काम पर्दैन, घुस खानेहरुको पिछा गरेर तिनको हातमा हतकडी लगाइदिने काम पर्दैन, सोझा निमुखाहरुलाई ठग्नु सम्म ठगेर विदेश भाग्नेहरुको पर्दाफास पर्दैन, राज्यले दिएको बर्दी, तलब सुविधा लिएर आम सर्वसाधारणलाई दुख दिने अझ सिधै कुटपिट गर्नेका विरुद्ध आगो ओकल्ने जस्ता कार्य पर्दैनन् भन्ने होस् भैगो ।

हाम्रो कामलाई पत्रकारीता नै नमानीयोस । यसैपनि पत्रकारीता जस्तो सम्मानीत पेशा कर्मी बन्ने हैसियतमा हामी पुगेकै छैनौं । तर आफ्नो समाजलाई आफुले जानेको कामले योगदान दिन कसैको अनुकम्प र सदासयता चाँही नचाहिने रहेछ । २ सय श्रृङखलासम्मको बाटो सजिलो पक्कै भएन । हामीलाई पैसा दिएर किन्न खोज्नेहरु आए, धम्काउनेहरु आए, मार्ने योजना बनाउनेहरुलाई चिनियो, बदनाम गराउन न्वारन देखिको बल लगाउनेहरुलाई देखियो ।

तर कुनै फटाहाका कुनै योजना सफल हुनेवाला छैनन् । सत्य, निष्ठा, इमान्दारी बोकेर हिडेपछि लाखौ दर्शकहरुको आर्शिवाद पाइने रहेछ ।
दर्शकहरुको आशीर्वादको अगाडि कसैको केही नलाग्ने रहेछ । स्वदेश तथा विदेशमा रहेका सर्वसाधारण नेपालीहरुको मन जितेर मात्र नपुग्ने रहेछ ।

घुस खान नपाएर टाउको दुखेका, गरीबलाई लुट्न नपाएर टेन्सनान परेका अनि सोझा साझालाई ठग्न नपाएर बौलाएकाहरुबाट बच्न सजिलो छँदै छैन ।

कुन आरोपमा यसको मुख थुन्ने, कुन दोष थुपारेर यसलाइ लडाउने र कानुनको कुन धारा उपधारालाई घुमाइ फिराइ व्याख्या गरेर यसलाई देशैबाट निकाल्ने भन्ने योजनामा आफ्नै सपना भुलेर हाम्रो पछि लागेकाहरुसँग हामी मरेकाटे हुँदैनौ, लेखेर राख्नुहोला ।

आँफु जन्मेको माटोमा पुर्ण इमान्दार भएर काम गरिरहँदा यो कार्यक्रम बन्द गराउन कहाँ कहाँबाट के के प्रयास भए भन्ने कुराको एक एक हिसाब प्रमाण सहित राखेका छौं । नेपाली मिडियामा तेरो जरुरत नै छैन समेत लेखिएका टिप्पणी र राय सुझाबसहितको फाइल कुनै दिन खोल्ने छु ।

कुन कानुनको कुन दफामा टेकेर जनताको बोली मात्र बोल्ने यो प्लेट फर्म समाप्त पार्न सकिन्छ भनि देशका एक से एक माहिरहरुको छलफल बारे पनि कुनै दिन भन्ने छु ।

तर आज संसारको कुना कुनामा बसेर हाम्रो हौसला बढाइदिनुहुने, तिमीहरु नडराओ, हामी छांै भनेर भन्नु हुने र यो कार्यक्रमको निरन्तरताको लागि प¥यो भने आफ्नो तन मन धन सब दिन तयार छु भनि हाम्रो हौसलालाई बुलन्द बनाइदिनु हुने सम्पुर्ण दर्शकहरुलाई धन्यवाद दिन चाहान्छौं ।

डराउन जानेका छैनौ, पछि हट्ने सुविधा छैन त्यसैले सत्यको पक्षमा निडर, निर्भिक भइ बोल्न छोडेको दिन श्रद्धाञ्जली दिनु होला ।