३ चार बर्ष अगाडीनै भए भन्थेउ बिस की : रोइला गित (भिडियो)

युके, प्रवासमा रहेर पनि देशको कला संस्कृतिप्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो । प्रबासी जीवनका वाबजुद पनि स्वदेशी गीत, संगीत र कलालाई माया गर्नु कसैको रोजाई पर्छ भने त्याे सम्मानयोग्य रहन्छ । आजकल र्‍याप, पप र आधुनिक गीत,संगीतमा झुकाव राख्ने नयाँ पुस्ता लोकभाकामा रमाउनु आफैमा गर्वको बिषय पनि हो । लोक संस्कृतिलाई र लोकभाकालाई माया गर्ने युवा बिष्णु बन्जाडे यतिखेर बेलायतमा रहेर पनि गामबेसीको भाकामा रमाउन लालायीत छन । नेपालमा विभिन्न चाडपर्व विवाह समारोह पर्व विशेषमा गाइने विभिन्न भाकाहरु समेटेर गित बजारमा ल्याउने क्रममा गायक बञ्जाडे र गायिका कल्पना काफ्लेको सुमधुर आवाजमा एकदमै रमाइलो रोइला भाकामा “भएन भन्थेउ बिसकी” भन्ने गित युटुब मार्फत सार्बजनिक गरिएको छ।
उक्त भिडियोमा विष्णु बन्जाडेको शब्द र सगित रहेको छ भनि चर्चित मोडल सोभा बस्याल र बिष्णु बन्जाडेको आफ्नै निकै उत्कृष्ट अभिनय रहेको देखिन्छ र बिष्णु भट्टराईले निर्देशन छायाँकन, सम्पादन गरेका छन ।

हेरौ उक्त भिडियो