जब बलत्कारी प्रहरीको बुई चढेर आए… (भिडियो)

छुस्स कालो दाह्री, शरिरमा कट्टु बाहेक अरु कपडा छैन, खोँचको तल ढुंगामा बसिरहेको छ । सायद उ आफूलाई बचाउन आउने मानिसको प्रतिक्षामा थियो, यता उति उस्का आँखा र टाउको फर्किदै थिए । उ कहिले आकाशमा हेर्थो त कहिले माथि बाटोमा हेर्थो तर पनि आफूलाई बचाउँन आउने मानिसको प्रतिक्षामा थियो । हिजो खोलाको पानीमा ढुबुल्की खेल्लैगर्दा यो संसारबाट टाढा गएर बस्ने सपना बुन्दै थियो उ तर अफसोच यसो भएन । जुन ठाउँमा उ मर्न पर्ने थियो त्यो ठाउँमा उसलाई मार्न सक्ने पानीको छाल उसले पाएन अन्तत् उ त्यो मृत्यूको प्वाल भन्दा टाढा ढुंगांमा बजारिन पुग्यो ।
बुधबार राती करिब ९ बजे पोखराको पातले छाँगो (डेभिज फल)मा हाम्फालेर पर्वतका ३७ बर्षिय ईन्द्रबहादुर केसीले आत्महत्याको प्रयास गरे । लाउलाउँ र खाउँखाउँको उमेरका युवा कसरी आत्महत्याको प्रयास गर्यो किन उसमा यस्तो जोश आयो यो सबैमा कहुतुलताको बिषय बन्यो । पछिल्लो समय पातले छाँयोबाट मानिसहरुले आत्महत्याको प्रयास गर्न थाले पछि त्यहा अग्लो बार लगाईएको छ जुन चढेर खस्न संभव प्राय छैन । उनी फेवातालको ड्याम नजिकैबाट पानीमा बग्दै छाँगोबाट खसेको उनी आफैले बताए । एक रात उनी छाँगा मुनीको ढुंगामा बिताए । भोली पल्टमात्र भ्रमणमा आएका व्यक्तिले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको अथक प्रयासबाट उनको सकुशल उद्दार भएको छ । प्रहरीको बुईमा चढेर उनी खाँचबाट माथि आए । उनी आफैले फिल्मको ट्रेलर देखेको बताउँछन् । केसी रात भरी त्यही खोँचमा बसे, बिहान प्रहरीले उद्दार गर्यो तर उनी आफैले निर्धक्कसंग भने कि उनी बलत्कारको केशले आत्महत्या गर्न खोजेका रहेछन् । केसी आफैले भन्दै थिए– उनले कुनै एक केटीलाई बलत्कार गरे, केटीको दाईले उनलाई पिट्ने धम्की दियो, पछि सबै कुरा थाहा पाएपछि दाईले मार्ने धम्की दियो अनि आत्महत्याको प्रयाग गरेको स्वयं आफैले बताए । उनलाई तल खाँचबाट उद्धारटोलीका कमाण्डर प्रहरी हवल्दार श्याम श्रीवास्तवले डोरीको माध्यमबाट बुईमा बोकेर माथि ल्याएका थिए । श्रीबास्तबले आफुहरुलाई उद्धारमा जाँदा श्रोतसाधनकै कारण डर मान्दै उद्धार गर्नुपर्ने बाध्यता रहेको बताउछन् । उनि भन्छन् – पहिला पहिला डर लाग्दथ्यो तर आजकाल डर लाग्दैन, डर लाग्ने भनेको श्रोत र साधनका कारण डर लाग्ने हो । उद्धारटोलीसंग प्रयाप्त श्रोतसाधन नभएका कारण नेपाल प्रहरीले पनि बेला बेला क्षति बेहोर्दै आएको छ । यस उदाहरण गत असारमा फेवा तालमाथि हर्पनमा डुबेका एक व्यक्तिलाई उद्धार गर्न गएका प्रहरी जवान बलबहादुर कुँवरको निधन भएको थियो । पोखराको पातलेछाँगोमा उद्धार गर्दा, सेतीमा खसेका व्यक्ति र फेवातालमा हुने विभिन्न घटनामा उद्धारका लागि जाने प्रहरीले पटक पटक श्रोत साधनको अभावका कारण आफुहरुलाई समस्या भएको बताउदै आएका छन् । बिहिबार पनि केसीको उद्धारका लागि नेपाल प्रहरीको उद्धार टोलीले त्यहि समस्याका बाबजुद उद्धार गर्नु पर्यो तापनि केसीको सकुशल उद्धार गर्यो । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मानसिक सन्तुलन ठिक नभएको बताएको छ ।