पोखराको पातले छाँगोबाट हाम्फले युवक, प्रहरीले यसरी जिउँदै निकाल्यो (भिडियो)

पोखराको पर्यटकीय क्षेत्र पातले छाँगोमा पर्वत ग्यादीका ३७ बर्षीय इन्द्रबहादुर केसीले आत्महत्याको प्रयास गरेका छन् । छाँगो भन्दा केही माथीबाट पानीमा हाम्फालेका उनी छाँगोबाट खसेर अड्कीएका थिए । अघिल्लो राती ९ बजे परेका उनलाई भोलीपल्ट मात्र भ्रमणमा आएका व्यक्तिले देखेपछि प्रहरीलाई खबर गरेपछि उनको सकुशल उद्दार भएको छ । उनी पोखरामा मजदुरी गर्दै आएका थिए । बलत्कारको केशमा उनी आफै पोखरा छोरेपाटन चौकी गए । केटीका दाजुले मार्ने धम्की दिएपछि उनी भागेर डेभिड फलमा हाम्फलेका हुन् । उनलाई सकुशल उद्दरा गरीएको छ । उद्धारटोलीका कमाण्डर प्रहरी हवल्दार श्याम श्रीवास्तवले आफुहरुलाई उद्धारमा जाँदा श्रोतसाधनकै कारण डर मान्दै उद्धार गर्नुपर्ने बाध्यता रहेको बताउछन् । उनि भन्छन् – पहिला पहिला डर लाग्दथ्यो तर आजकाल डर लाग्दैन, डर लाग्ने भनेको श्रोत र साधनका कारण डर लाग्ने हो । उद्धारटोलीसंग प्रयाप्त श्रोतसाधन नभएका कारण नेपाल प्रहरीले पनि बेला बेला क्षति बेहोर्दै आएको छ । यस उदाहरण गत असारमा फेवा तालमाथि हर्पनमा डुबेका एक व्यक्तिलाई उद्धार गर्न गएका प्रहरी जवान बलबहादुर कुँवरको निधन भएको थियो । पोखराको पातलेछाँगोमा उद्धार गर्दा, सेतीमा खसेका व्यक्ति र फेवातालमा हुने विभिन्न घटनामा उद्धारका लागि जाने प्रहरीले पटक पटक श्रोत साधनको अभावका कारण आफुह?लाई समस्या भएको बताउदै आएका छन् । बिहिबार पनि केसीको उद्धारका लागि नेपाल प्रहरीको उद्धार टोलीले त्यहि समस्याका बाबजुद उद्धार गर्नु पर्यो तापनि केसीको सकुशल उद्धार गर्यो ।