‘तिमी सँग’को शीर्ष गित पनि चर्चाको सिखर चुम्दै , आकाश र साम्राज्ञी प्रेममा देखियो यस्तो अबस्था (भिडियो)

चैत ७, यही चैत २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘तिमी सँग’ गीत सार्वजनिक भएको छ ।

उक्त गीतको म्युजिक भिडियोमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र आकाश श्रेष्ठ फिचरिंग रहेको छ । यो चलचित्रको गीतमा आवाज मधुरा भट्टचार्य र राहुल मुखर्जीको रहेको छ भने संगीत राहुल स्वयंको छ ।

नमन प्रोडक्शन नेपालको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई शिशिर राणाले निर्माण तथा निर्देशन गरेका हुन् । भिडियोमा कविराज गहतराज, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी छ ।

‘तिमी सँग’ मा साम्राज्ञी र आकाशसँगै अर्का नायक नाजिर हुसेन पनि मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्मको तीन गीत, टिजर र ट्रेलर रिलिज भैसकेको छ । यतिबेला चलचित्र ‘तिमी सँग’ को सबै टिम प्रचार प्रसारमा जुटिरहेको छ ।