रोवर्ट (सोफिया)को नेपालवारेको यस्तो धारणाले सबै चकित, आखिर के भनिन (भिडियो सहित)

काठमाडौँ — चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउने बताएकी छन् । बुधबार राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सक्ने बताइन् ।

नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेकोले बताउँदै उनले नेपालले प्रविधिलाई सही तरिकाले अवलम्बन गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको जनाइन्।

उनी कार्यक्रममा सहभागी हुन मंगलबार काठमाडौं ओर्लिएकी थिइन्। उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको हो ।

 

<strong>हेर्नुहोस भिडियो सहित </strong>

<iframe src=”https://www.youtube.com/embed/ODVsEppddDg” width=”760″ height=”415″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>