आयो फेरी अर्को बहुप्रतिक्षित चलचित्र लम्फुको उत्कृष्ट गीत दोधारमा (हेर्नुहोस)

चलचित्र ‘लम्फू’को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक गीतमा नरेश भट्टराईको शब्द, अर्जुन पोख्रेलको संगीत तथा दुर्गा खरेलको स्वर समावेश गरिएको छ । ‘दोधारमा परे म’ बोलको सार्वजनिक गीतमा चलचित्रकी अभिनेत्री मरिष्का पोख्रेलले अभिनय गरेकी छिन् । साथमा नव–नायक कबिर खड्का पनि भिडियोमा देखिएका छन् ।

आगामी बैशाख २८ गतेबाट रिलिजको तयारीमा रहेको यो चलचित्रमा कबिर र मरिष्काका साथमा सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतका कलाकारले अभिनय गरेका छन् । यसै चलचित्र मार्फत तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठले पनि चलचित्र क्षेत्रमा देखा पर्ने भएकी छिन् ।

चलचित्र गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । यो चलचित्रमा एक युवाको जीवनमा आईपर्ने विभिन्न उतारचढावको कथा समेटिएको छ । समय र परिस्थितीले मानिसलाई कहिले सकारात्मक त कहिले नकारात्मक बनाउछ भन्ने देखाउन खोजिएको ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्भ घोरासैनीले निर्माण गरेका हुन् । चलचित्रमा भूपतिको लेखन रहेको छ ।

दोधारमा परेंको भिडियो :