मेयर सुरेन्द्र बिष्टको गम्भीर खुलाशा (भिडियोसहित)

कञ्चनपुर । सिंहदरवारको अधिकार गाउँ गाउँ पुगेको झण्डै ९ महिना वितिसकेको छ । अधिकार नारा तथा कागजमा मात्रे पुगेको छ । व्यवहारमा अझै पुग्न सकिरहेको छैन् । यसको खु्लाशा स्वय निर्वाचित जनप्रतिनिधिले गरेका छन् ।

केन्द्रीकृत शासन व्यवस्थामा रमाउनेहरुले सबै अधिकार दिन आनाकानी गरिरहेका कञ्चनपुरको भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले बताएका छन् । लामो समय केन्द्रीकृत शासन रमाउनेहरु आफ्नो अधिकार जनप्रतिनिधिको हातमा पुग्दा त्यसमा अवरोध पुर्‍याउनु स्वभाविक भन्दै प्रमुख विष्ट भन्छन्, अब उनीहरुले जे जस्तो गरेपनि हुदैन् । यसैविषयमा लिएर केन्द्रबिन्दुकर्मी कृष्णसिंह धामीले प्रमुख विष्टसँग कुराकानी गरेका छन् ।