चलचित्र निर्जलाको सम्पुर्ण काम सकियो

राजु गिरीको निर्देशनमा रहेको चलचित्र निर्जलाको सम्पुर्ण काम सकिएको छ ।प्रकाशचन्द्र न्याउपानेद्धारा निर्मित उक्त चलचित्रलाई राजु गिरी प्रोडक्सनको सहयोगमा शुभश्री प्रोडक्स प्रालिले बजारमा ल्याउन लागेको हो । चलचित्रको कार्यकारी निर्माता भने शुभेच्छा था

पाले गरेकी छिन् ।

रवि कोईरालाको छायांकन रहेको सो

चलचित्रमा

बाबुल गिरीको संगीत रहेको छ भने अशोक खड्काको द्वन्द तथा कमल राई र क्रान्ति केसीले नृत्य निर्देशन गरेका हुन् ।चलचित्रमा कथा पटकथा शुभेच्क्षा थापाको रहेको छ । त्यस्तै तारा थापा किम्भेले सम्पादन गरेका छन् ।

चलचित्र काे सबैकाम सकिएकाले अब यु.एस र अष्ट्रेलिया मा प्रदर्शन काे तयारीमा रहेकाे निर्माण पक्षले बताएको छ । चलचित्र हलमा भने आउँदो २०७५ फुलपातीमा सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ ।