राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाल (भिडियोमा)

राष्ट्रिय सभा उपाध्यक्षमा बाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकिछन् ।
संघिय संसद भवन नयाँवानेश्वरमा आईतबार बसेको राष्ट्रियसभा बैठकमा भएको निर्वाचनमा दाहाल ४५ मतका साथ उपाध्यक्ष पदमा विजयी भएकि हुन् । उनी एकिकृत नेकपा माओवादीको तर्फबाट २ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकि हुन् । उनको प्रतिद्वन्दी नेपाली काँग्रेसकी विन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रकृयामा उपस्थित भएका थिए । संघिय संसदको सभामुख वा उपसभामुख मध्ये एकजना महिला हुनुपर्ने संबैधानिक व्यवस्था छ ।
यसअघि दाहालको प्रस्तावक माओवादीका दिनानाथ शर्मा, समर्थक दिलकुमारी रावल थापा लगायतले लोकतन्त्रको शुन्दर पक्ष निर्वाचन भएकोले निर्वाचन मार्फत नेतृत्व चयन गर्नुपर्ने बताएका थिए । तर नेपाली काँग्रेसका उम्मेदवार विन्दादेवी आलेका प्रस्तावक बद्री प्रसाद पाण्डे र समर्थक सरीता प्रसाईले सहमति र सहकार्यको आधारमा नेतृत्व चयन गर्ने संस्कार विर्सन नहुने धारणा राखेका थिए ।