ओली बन्दै विश्वकै सबै भन्दा शक्तिसाली प्रधानमन्त्री !बाहिरियो यस्तो रहस्य(भिडियो समेत)

मन्त्रीहरुको नाम छनौट गर्नका लागि एमाले स्थायी समितिमा लामो वहश चल्यो । विभिन्न नामहरु आए । अन्तत प्रधानमन्त्री केपी ओलीले जसलाई मन्त्री वनाउन चाहेका थिए, उनीहरु नै मन्त्री भए ।

यतिवेला एमालेका युवा नेता योगेश भट्टराईलाई मन्त्री नवनाएकोमा सामाजिक सन्जालहरुमा निकै चर्चा छ । वास्तवमा चुनाव लगत्तै ओली र प्रचण्ड लगायतका नेताहरुले अब राजनीतिबाट विस्राम लिनुपर्छ भन्ने अभिव्यक्ति दिएका कारण उनी ओलीको ‘नोगेटिभ लिष्ट’मा थिए ।

केही समय अगाडि राष्ट्रपतिको उम्मेदवार छनौट गर्नका लागि एमालेको स्थायी समितिको वैठक वसेको थियो । मध्यरातीसम्म वैठक चल्यो, निकै वहश भयो । अन्तिममा प्रधानमन्त्री केपी ओलीले जे चाहेका थिए, त्यही भयो । ओलीले गरेको प्रस्तावमा कसैले पनि विरोध गर्न सकेनन् । निर्वाचन अगाडि उम्मेदवार छनौटमा पनि ओली नै हावी भएका थिए । यति मात्र होइन माओवादीलाई ४० प्रतिशत सीट दिने निर्णय पनि ओलीले एकल रुपमा नै गरेका थिए । यी सबै घट्नाक्रमले पार्टीमा प्रधानमन्त्री ओली कति शक्तिशाली छन् भनेर सहजै अड्कल गर्न सकिन्छ । पार्टीमा शक्तिशाली वनेपछि यतिवेला उनी राज्यमा नै शक्तिशाली वन्ने प्रयासमा रहेका छन् । कसरी वन्दैछन् ओली शक्तिशाली ?

राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई पुन निर्वाचित गराउन सफल भएपछि ओली झनै शक्तिशाली वनेका छन् । विगत १० वर्षको अवधीमा सरकारका असंवैधानिक कदमहरुलाई रद्ध गर्नका लागि राष्ट्रपतिहरुले भुमिका खेलेका थिए । अथवा अर्काे भाषामा भन्दा राष्ट्रपतिले प्रधानमन्त्रीलाई एकलौटी तथा जथाभावी निर्णयहरु लिनबाट रोकेका थिए । तर ओली आफु अनुकुलको राष्ट्रप्रमुख छनौट गर्न सफल भएका छन् । यसको केही संकेतहरु पनि देखिएका छन् । अघिल्लो सरकारले राष्ट्रिय सभामा नियुक्तीका लागि गरेको ३ जनाको सिफारीस रोकेर भण्डारीले नयाँ सरकारले गरेका सिफारीसलाई केही घन्टमा नै अनुमोदन गरेकी थिइन् ।
संसदमा पनि ओलीले आफ्नो अवस्थालाई मजवुद पारेका छन् । अवस्थालाई झन् मजवुद पार्नका लागि उनले मधेशवादी दलहरुलाई समेत सरकारमा ल्याउने कसरत शुरु गरेका छन् । संसदमा प्रधानमन्त्री आफुले चाहे अनुसारको कानुन वनाउने तथा आइपरे संविधान नै संशोधन गर्न सक्ने अबस्थामा रहेका छन् । विपक्षी नेपाली कांग्रेससँग अविश्वासको प्रस्ताव दर्ता गर्ने तथा महाअभियोग लगाउने मत समेत संसदमा छैन् ।

यति मात्र होइन, न्यायलय तथा अन्य राज्यका निकायहरुमा समेत आफ्नो प्रभाबलाई ओलीले विस्तारै उपयोग गरिरहेका छन् । हालैको प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली प्रकरणलाई ओलीले न्यायलयमा आफ्नो प्रभाव जमाउने अवसरको रुपमा उपयोग गरेका छन् । ओलीले सार्वजनिक रुपमा न्यायलयको आलोचना गरे जुन कार्यकारीको अधिकार क्षेत्र भित्रको विषय होइन् । विवाद वढेपछि ओलीले पराजुलीलाई पद छाड्न आग्रह गरेका थिए ।

तर पराजुलीले पद छाड्न अस्वीकार गरेपछि ओलीले न्याय परिषदलाई पराजुलीको जन्म मिती सम्वन्धी विषय छिटो हल गर्न तथा पराजुलीलाई जानकारी गराउन आग्रह गरे । त्यसैले ओली यतिवेला इतिहासकै सबैभन्दा शक्तिशाली राष्ट्रपति वनेका छन् । यति मात्र होइन, प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली वनाउनको लागि पनि उनले विभिन्न निर्णयहरु लिने तयारीहरु गरिरहेका छन् । ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि पुरै विश्वासमा लिएका छन् ।

ओली शक्तिशाली वनेका यी १० दृष्टान्तहरु
१. संसदमा आफुले चाहे अनुसारको कानुन वनाउने तथा संविधान संशोधन गर्ने अबस्थामा पुगेका छन् ।

२. विपक्षीसंग महाअभियोग प्रस्ताव ल्याउने र अविश्वासको प्रस्ताव दर्ता गर्ने मत समेत छैन ।

३. आफु अनुकुलको राष्ट्रपति निर्वाचित भएकिछन् ।

४. पार्टीमा एकलौटी निर्णय लिनसक्ने अबस्था सृजना भएको छ ।

५. न्यायलयमा विस्तारै प्रभाव जमाउँदै गएका छन् ।

६. आफु अनुकुलको रक्षामन्त्री ईश्वर पोखरेल मार्फत सेनामा पनि कमाण्ड जमाउँदैछन् ।

७. आफु अनुकुलको संचारमन्त्री, जसले मिडियामा प्रभाव जमाउन सहयोग गर्न सक्छ, त्यही भएको छ ।

८. आफु अनुकुलको परराष्ट्रमन्त्री, विदेश नीतिमा पनि कमाण्ड स्थापित भएको छ ।

९. राष्ट्रिय अनुसन्धान विभागलाई आफु अन्तर्गत राख्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

१०. सम्पत्ति शुद्धीकरण लगायत अन्य निकायलाई प्रधानमन्त्री मातहत ल्याउने तयारी भएको छ ।