साप्ताहिक राशिफल (चैत्र ०४ देखि १० सम्म)

आगामी ७ दिनभित्रका चाडपर्व र उत्सव तथा शुभ मूहुर्त :–

०४ गते : नयाँ विरोधकृत नामको संवत्सर प्रारम्भ, शाके संवत्र १९४० प्रारम्भ, वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत शैलपुत्री भगवतीको आराधना गर्ने दिन, आदिनाथ स्नान (चोभार), बनारसी मेला सुरु (बैतडी, गुजर), तेल लगाउने र आँपको पात खाने दिन, भद्रकाली पीठमा लिङ्गो तल झार्ने दिन, अग्निवास(होमादि), दैलो राख्ने,

०५ गते : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत ब्रह्मचारिणी भगवतीको आराधना गर्ने दिन, चन्द्रोदय, मूहुर्त : ब्रतबन्ध (उपनयन), अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अक्षरारम्भ, पसल थाप्ने, शिलान्यास (सामान्य), द्रव्यप्रयोग वा लगानी, डेरा सर्ने, दैलो राख्ने,

०६ गते : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत चन्द्रघण्टा भगवतीको आराधना गर्ने दिन, मत्स्य जयन्ती, गौरी व्रत, मत्स्यनारायण मेला (मच्छेगाउँ), मन्वादि, मूहुर्त : अग्निवास(होमादि),

०७ गते : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत कुष्माण्डा भगवतीको आराधना गर्ने दिन, पूर्व प्रम गिरिजाप्र. कोइराला स्मृति दिवस,

०८ गते : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत स्कन्दमाता भगवतीको आराधना गर्ने दिन, विश्व जल दिवस, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

०९ गते : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत कात्यायनी भगवतीको आराधना गर्ने दिन, विश्व मौसम दिवस, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पसल थाप्ने, शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र,

१० गते : वासन्ती नवरात्री (चैते दशैं) अन्तर्गत कालरात्री भगवतीको आराधना गर्ने दिन, विश्व क्षयरोग दिवस, द्विपुष्कर योग बिहान ०९।५५ बजेसम्म, मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र,

साप्ताहिक राशिफल

(वि.सं. २०७४ चैत्र ०४ गतेदेखि वि.सं. २०७४ चैत्र १० गतेसम्म)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सुरुमा बाह्रौं भावमा चन्द्रमा रहेकाले यो साता तपाईंले आर्थिक कारोबारमा सचेतता अपनाउनु राम्रो हुन्छ । त्यसैले सुरुमा सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, तर सोचेजस्तो लाभ मिल्न सक्दैन । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नेछ । मङ्गलबारपछि तपाईंकै राशिमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछन् । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मिश्रित प्रभाव भएको साता छ । सुरुमा र अन्त्यमा सकारात्मक परिणाम प्राप्त हुनेछन् । तर मध्यभागमा आर्थिक पक्ष पेचिलो बन्नसक्छ । त्यसैले साताको प्रारम्भमा राज्यपक्ष वा सरकारी काम छन् भने सुल्झाउन मद्दत मिल्नेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । पठनपाठनमा प्रगति हुनेछ । मङ्गलबारदेखि बिहीबारसम्म कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । चिन्ता र शङ्काले मन व्याकुल हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुँदैन । साताको अन्त्य राम्रै छ, दानपुण्यका लागि असल छ । आफ्नै राशिमा चन्द्रमाको प्रवेश हुने भएकाले मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

साताको अन्त्य अनुकूल बन्दैन, तर समग्रतामा राम्रो परिणाम आउने साता छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वादले काम गर्न सक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । आम्दानीमा कमी हुने छैन । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने छ । बिहीबारपछि बन्दव्यापार, श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, आकस्मिक रूपमा अतिथिको आवाभगत गर्नुपर्ने हुनसक्छ । दैनिक कामकाजमा खर्च बढ्ने छ । झर्कोलाग्दो यात्राको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ, तर छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । इष्टमित्रले प्रशंसा गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने समय पनि हो, जसबाट प्रशंसा र शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । मङ्गलबारपछि आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । साताको अन्त्यमा बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । धैर्यले काम लिने समय छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सुरुमैं आठौं भावमा चन्द्रमा रहेकाले त्यति राम्रो साता भन्न मिल्दैन, त्यसैले झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, बाटो काट्दा वा सवारी चलाउँदा होस राख्नुपर्छ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा पनि संयमता अपनाउनु पर्छ, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मङ्गलबारपछि साताको बाँकी भाग राम्रो छ, परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

उतारचढावले युक्त समय छ । सुरुमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । तर मङ्गलबारदेखि बिहीबारसम्मको समय चोटपटक लाग्ने वा अस्वस्थता बढ्ने समय हो । मस्तिष्क पनि उल्झन र बोझले युक्त बन्नेछ, धैर्यता, संयमता र सोचविचार गरी अघि बढ्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्नसक्छ । साताको अन्त्य अनकूल रहने छ, धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाउने सम्भावना समेत छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

राम्रो समय छैन, सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । भोगविलासमा मन जानेछ । स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रो समय होइन । आर्थिक सङ्कटको योग छ । मङ्गलबारदेखि बिहीबारसम्म केही सकारात्मक समय रहने छ, यस अवधिमा रमाइलो आनन्दको खोजी हुनेछ, प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । बिहीबारपछि आठौं चन्द्रमाले अशुभ फल नै प्रदान गर्नेछ, ढिलो गरी कार्यसम्पादन हुने समय छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । किसिमकिसिमका समस्यासित जुध्नु पर्ने परिस्थिति छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक हानी हुनेछ होस राख्नोस् । साताको अन्त्यमा अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहने छ इष्टमित्रले तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । मङ्गलबारपछि खानपान र आहारविहारमा ध्यान पुर्याउने समय रहने छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । साताको अन्त्यमा प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । तर शनिबारका दिन पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

साताको प्रारम्भमा घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । बोलीमा कमजोरी रहने छ, आफ्नै क्रियाकलापले सामाजिक मर्यादामा आँच आउने सम्भावना हुन्छ, कम बोल्नुहोला । घरपरिवारबाट पनि आवश्यक सहयोग मिल्ने छैन । परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन, मिहिनेत र परिश्रम व्यर्थै खेर जान सक्छ । तर साताको मध्यभाग राम्रो छ, बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । पुन सप्ताहान्त अनुकूल बन्दैन, सहयोगी हातहरू पछि हट्न सक्छन् । गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ । त्यसैले यो समय चुनौती र परीक्षणका रूपमा देखा परेको छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पराक्रम र उत्साहका साथमा काम गरेमा राम्रो समय बनाउन सकिने साता छ । प्रारम्भमा व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । तर मङ्गलबारपछि घरभित्रका समस्यामा रुमल्लिनु पर्ने समय रहने छ । दृष्टिशक्तिमा कमी आउन सक्छ । व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ । परिवारमा मतभेद हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । सानातिना कामको झमेला आउनसक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । फेरि बिहीबारपछि समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापन सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आर्थिक पक्ष मजबूत बन्ने समय छ । यस अवधिमा परिवारमा ठूलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । तर साताको अन्त्य अनुकूल छैन, बिहीबारपछि गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुने सम्भावना छैन । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

उत्कृष्ट समय छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । सामाजिक र पारिवारिक जिम्मेबारी वहन गर्ने समयछ, उत्साहपूर्वक काम गर्नुहोला । यस समयमा आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ, यस अवधिमा सुरु गरिएको क्रियाकलापले दीर्घकालिक फाइदा पुग्नेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ । तर आगामी शनिबारका दिन घरायसी समस्या उत्पन्न हुन्छ, कामविशेषले घरबाहिर जानुपर्ने सम्भावना पनि देखिन्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)
ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com