युकेमा आज ‘उल्झन’ रेड कार्पेट प्रिमियर हुदै

गोबिन्द अर्मजा, लण्डन ! १८ मार्च अर्थात आज साँझ ५ बजे देखि नेपाली चलचित्र ‘उल्झन’ को रेड कार्पेट प्रिमियर युकेको अल्डरशत स्थित एम्पायर हलमा हुने भएको छ ! बाध्यताबस बिदेशिएका बिदेशी नेपालीको पिडा बोल्ने यो चलचित्रमा अभिनेता ध्रुब दत्त, रजनी केसी, बेनी ढुङ्गाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी आदिको मुख्य अभिनय रहेको छ । आसुतोष फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्र ” उल्झन “को निर्देशन राजु अधिकारी, द्द्न्द – सानु कुमार महर्जन , प्रस्तुतकर्ता तेजेन्द्र कंडेल, कार्यकारी निर्माता नारायण ढुङ्गाना, निर्माता हरि कृष्ण कार्की र नबिन अधिकारी छन् ।यसैगरी चलचित्र साऊथ ह्यरोमा मार्च २५ गते र ३१ मार्च मा स्वीन्डन , साथै रेडिंग बेजिंगस्टोक , ननिनटंग, बर्मिंगह्याम , योर्क तथा स्कटल्याण्ड आदि स्थानहरुमा चलचित्र प्रदर्शन गरिनेछ ।[youtube https://www.youtube.com/watch?v=coIzp-uI3NQ&w=560&h=315]