रेशम चौधरीको अनशन तोडीदा खुसीको आवाज निकाल्दै यी नेपाल आमाकी छोरी ? भिडियो सहित !

हार्दिक बधाई तथा शुभकामना छ मेरो भाइ भन्दै इजराइल बाट सामाजिक सेवी चेली शरिन ख्युङ्वा तामाङ को आवाज भिडियो सहित

आजको दिन निकै महत्त्वपूर्ण रहयो
टीकपुर भएको घटनामा रेशम चौधरी लाई प्रमुख योजनाकर बनाएर राज्यले हिजोको दिन जून व्यबहार गरेको थियो केही दिन अगाडि गृहमन्त्री का.राम बहादुर थापा (बादल )बाट अनशन तोडे पछि उहाँको स्वास्थ अवस्था बुझ्न हामी वीर हस्पिटल पुगेका थियौं icu मा उपचार गर्दै हुनु हुन्छ बिश्वभर रहनु भएको नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको चासो कस्तो छ त रेशम चौधरी को अबस्था भनेर जिज्ञासा् पक्कै लिनु भएको छ उहाँको मुस्कान आज यहाँ हरु माझा हामीले राखेका छौ भोलि राज्य ले सदन मा पुराउने होकि कता पुराउने हो टुंगो छैन ? तर उहाँको स्वास्थ सुधार हुदै छ मैले जिबनमा पहिलोपटक भेटघाट हो रेशम दाइ सग तर हामी सामाजिक अभियन्त मात्रै न भएर हाम्रो
रज्यले कसरी लिन्छ रेशम चौधरी लाई ?हामि चासो राख्ने ब्याक्ती हौ आज टीकापुरको घटना को दोषी रेशम चौधरी लाई लागाएर जुन दमन राज्यले गरेको छ त्यो चाडैं छलफल गरेर न्याय देला त सरकारले ? हामी चिन्तित छौ लामो भलाकुसरी गर्दैगर्दा उहाँ सग बोली रहदा सुनुवारजि भनेर बोल्नु भएको थियो उहाँको भनाई टीकापुर घटनाको बारे सदनमा नै कुरा राख्ने योजना रहेछ पुरा होला न होला आउने दिन थाहा पाउने छौ सिङो आदिबासी जनाजती को नेता रेशम चौधरीलाई सरकारले चाडैं रिहाई गरोस यदि कुनै प्रमाण बिना दर्जनौं सुरक्षा राखेर जुन उपचार गरेको छ सरकारले जनता को मत पाएर सपथ लिनु पाउनु भएको छैन सरकारले निकै कडा सुरक्षा को साथ राखिएको छ उपचार हुने क्रममा छ आशावादी छौ उहाँको यो मुस्कान सम्पुर्ण जनता माथी होस – किशोर सुनुवार

“मैले चिनेको रेशम चौधरी “ संजय यादव

थारु आन्दोलनका क्रममा टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्तको रुपमा राज्यले रेशम चौधरीलाई घोषणा गरीसकेपनि रेशम चौधरी भने पटक पटक आफुलाई निर्देष भन्दै आएका छन् ।

घटनाको बेला आफु कैलालीमा नरहेको कुरा वहाँ दाबी गर्नुहुन्छ। टीकापुर घटनामा आफ्नो संलग्नता नरहेको र आफू निर्दोष रहेको दावी गरेका छन् । टीकापुर घटनाको दिन आफू बर्दियामा रहेको भन्दै उनले आफू निर्दोष रहेको बताउँदै आफ्नो कल डिटेल हेर्न आग्रह गर्नुहुन्छ ।
तर म दिल्लीमा रहदाँ जुन चौधरी संग भेटेको थिए त्यो भेट मेरो लागी अविसर्मनीय छ अहिले पनि मलाई याद छ त्यो दिन आफ्नो अगाडी खानाको थाल हुदाँ हुदै पनि त्यो खाना को थाल आशु नै आशुले भरीएको ।
आज भन्दा २ बर्ष पहिले दिल्लीको आंनदबिहार बस स्टोपमा वँहा संग मेरो भेट अचानक भएको थियो त्यती बेला म यूनाइटेड मधेशीज अफ नेपाल को अध्यक्षको रुपमा दिल्लीमा रहेका नेपालीहरुको हितका लागी काम गरीरहेको थिए ।
तर मैले आज पनि त्यो सोचदा मेरो आँखाबाट आशुलहरा बगछ अनि महशुस हुन्छ सत्ता,शक्ति र पैसाको अगाडी कसैको केही चल्दैन ।सानो भेटमै चौधरी संगको आत्मीयताको सिमा छैन ।र अर्को के पनि लाग्छ भने आज चौधरी थारु समुदायबाट भएका हुनाले पनि राज्यबाट निर्दोष साबित हुन सकेनन् कि ।
एउटा गम्छाले मुख छोपेको मान्छे जो दिल्लीको आनन्दविहार बस अड्डामा भेटेका थिए जसलाई राज्यले फरार सुचिमा राखेका थिये । सुरुमा वँहा म सँग डराउदैभेट्नु भयो बिस्तारै बिस्तारै परिचय भएपछि, उहा मेरोे लक्ष्मीनगरको कोठामा आउनु भयो। वँहा माथि लगाइएको झुठो आरोप को बारेमा खाना खाँदै खाँदै सुनाउभयो ।
खाँना खाँइसके पछाडी वहाँले म सँग हात जोडेर भनेको कुरा म कहिलै बिर्सीन सक्दिन ।वहाँले मलाई भन्नुभयो “संजय सर् तपाईलाई ह्दय देखि धन्यवाद छ धेरै दिन पछी यति मिठो खाना खान नसिब भएको छ ।त्यो रात वहाँ म सँग लक्ष्मीनगरमा नै बस्नुभयो र वहाँको व्यथा सुनेर रात भरी निन्द्र्रा लागेन रात भरी गफ गरेर बस्यौँ ।
हाम्रो राज्यबाट मधेशी ,थारु लगायत सिमान्तकृत समुदायालाई गरीने व्यवहार र अवस्था बारे कुराकाकनी गर्दै रात बित्यो ।
तर ,त्यो एक रातले मैले मधेश ,मधेशी ,थारु लगायत सिमान्तकृत वर्गको लागी केही गर्ने सोचलाई थप उर्जा प्रदान गर्यो र त्यो भन्दा कयौँ गुणा चौधरी सँग देशले गरेको र्दुव्यवहारले वहाँ सँग मिलेर केही गर्ने प्ररणा मिल्यो मलाई ।त्यतीबेला चौधरीको आँखाबाट झरेको आशु मलाई रगत बगेको जस्तो लाग्यो ।चौधरी ले भन्नुभयो “ म बर्बाद भए मेरो सब थोक जालाइयो , जुन देशले मलाई सम्मानका साथ पुरस्कृत गर्यो आज त्यही देशबाट तिरस्कार पाएँ न्याय पाइएन ।आज म आपनै देश ठाँउ गाँउमा एकलो महशुस गरीरहेको छु।
मैले गाएको राष्ट्रिय गीतको केहि महत्व रहेन मलाई मेरो आफ्नै जनताको सामू सरकारले देश द्रोही बनाई दिए ।योभन्दा लजास्पद कुरा मेरो लागि केही हुन सक्दैन। राष्ट्रको लागि केही गर्ने व्यक्तिलाई देश द्रोही बनाएर मलाई देशले मरे तुल्य बनाएको छ ।
घटनास्थलमा नै उपस्थित न भएको मान्छे लाई जबजस्ती फसाइयो ।मैले देशको लागी केही गर्नेअठोट लिएकोे मान्छे तर यहाँ त काम गर्ने भन्दा पनि ब्रिफकेस खाने मान्छेहरुको बढी बहुल्यता छ ।मैले त बस परिवर्तन चाहेको छु। म चाहन्छु मेरो देश एउटा रंगीबीरंगी फुलवारी बनोस् जहाँ सबको बर्चस्व र महत्व कायम होस् । यो देश मधेशी थारु जनजातिको पनि उतिकै हो जति अरुको ।
प्छि त यस्तो भयो कि हाम्रो भेट , हाम्रो कुरा सिमान्कृत समुदाय, देश विकास र युवाको एकतामा नै केन्द्रित हुन्थ्यो । सिमान्कृत समुदायले आफ्नो हक ,अधिकार को लागि अझ पनि लड्न बाँकी नै छ भन्नु हुन्थ्यो , वहाँले भन्नुभयो “ मधेशीहरु आफ्नो समुदायको अधिकारको लागि आवाज उठाउने भइसकेका छन उनीहरुलाई थाहा भइसकेको छ हामीले आफ्नो अधिकार स्थापित गर्ने बेला आईसकेको छ तर थारुमा अहिले पनि जनाचेतनाको कमी छ ।
जनजाती र अरु अल्पसंख्याक लाई पनि यो देशका केहि सत्ताधारीहरुले झुठो आश्वासन र चर्खो राष्ट्रियता को नारा दिइ घुमाई रहेका छन , उनिहरु पनि एकदिन आफ्नो अधिकार खोजीकोलागी लडे्नछन ।
त्यसबेला मैले वहाँलाई हौसला दिए र आफू दोषी हैन भन्ने कुरा साबित गर्नको लागि लागीपर्ने सल्लाह दिए ।राज्यले सुरुमा वहाँलाई दिएको सम्मान फेरी त्यही राज्यबाट पाउँन वहाँ लाई आग्रह गरे।

यदी कोइ निर्देष छ भने पैसाले मुख कति दिन बन्द हुन्छ लागिपर्यो भने एक न एक दिन सत्यता सबैको सामुने आँउछ नै ।
त्यसै क्रम मैले वहाँलाई फेसबुक अकाउन्ट खोल्न आग्रह गरे र खोलिपनि दिए त्यस पछि वहाँ लाई फेसबुक मार्फत जनता समक्ष आफनो कुराहरु राख्न सल्ला सुझाव दिए किनभने जनतालाई अहिले पनि वहाँको सत्यताबाट टाढा राखिएको छ ।
हामो बीच धेरै भावनात्मक कुराहरु पनि भयो त्यो बेला मैले दाई भनेर चौधरीलाई सम्बोधन गर्थे ।वहाले मलाई दिल्लीमा बसोबास गरीरहेका नेपालीहरुको अभिभावकको संज्ञा दिनुभयो ।
मलाई बारमबार तपाई मेरो सबभन्दा नजिक को मान्छे भनेर भन्नु हुन्थयो ।दिल्ली आउँदा जादा भाडा नहुदा हामी बिद्यार्थीहरु चन्दा उठाएर वहाँ लाई आउँनेजाने खर्च उपलब्ध गराईदिन्थे ।प्रवासमा बस्दा वहाँले लेखेको चिरफार पुस्तकमा पनि चौधरी एउटा समाजसेवी ,संचारकर्मी देखी दोषी करार गरीएको कुरा सम्म उल्लेख छ । मैले ेभन्नुपर्दा मैले एउटा निर्देष ,राज्यबाट पिडित ,राज्यको न्यायालयबाट न्याय पाउँन बाट बञ्चित रेशम चौधरी लाई चिनेको छु ।
आफ्नै देशबाट पिडित र झुठा मुद्दामा फसाईएका रेशम चौधरीलाई चिनेको छु ।प्रवासमा पनि बस्दा आफ्नो देशको धेरै चिन्ता र माया गर्ने रेशम चौधरी लाई देखेका हु । आफ्नो बच्चा र परिवारको मायाबाट टाडा रहेको रेशम चौधरीलाई भेटेको छु । आफ्नो छोरालाई साइकल किन्नको लागि खल्तीमा पैसा न भएको रेशम चौधरी लाई चिनेको छु ।
प्रवासमा जीवन जीउनकोलागी मोस्मो बेचेको रेशम चौधरी लाई हेरेको हु । प्रवासमा बसेपनि आफ्नै देश को माया लागेको रेशम चौधरीलाई हेरेको हु म । मैले एउटा न्याय नपाएका रेशम चौधरीलाई हेरेको हु।

संजय यादव
तराई मानव अधिकार रक्षक संजाल– २ नं प्रदेश संयोजक
संस्थापक,अध्यक्ष युनाइटेड मधेशिज् ऑफ़ नेपाल