मनकामना माताले सबैको मंगल गरुन, चैत्र ४ गते आईतबार मार्च १८ को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल चैत्र ४ गते आईतबार इश्वी सन २०१८ मार्च १८ तारीख चैत्र शुक्ल पक्ष प्रतिपदा तिथी चन्द्रमा मिन राशिमा सुर्य उत्तरायण वसन्त ऋतु वत्सरारम्भ तेल लगाउने र नीमको पात खाने भद्रकालीपीठ लिङ्गपातन चोभारमा आदिनाथस्नान बैतडी गुजर बनारसी मन्दिरमा कोटिहोम मेलासुरु विरोधकृत संवत्सर प्रारम्भ – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा तिक्तता उत्पन्नहुन सक्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि जन्य कार्यमा साबधानि अपनाउनु राम्रो हुनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । सभासम्मेलनमा सरीक हुने तथा पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित साबित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । स्थाई क्षेत्रमा लगानि गर्ने समय रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । शारीरिक अस्वस्थाको सामना गर्नु पर्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । जिबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ मित्र सहयोग प्राप्त हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । धृष्टता पुर्ण बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने समान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । मन प्रशन्न रहनेछ ।