Sunday , November 19 2017
Breaking News

नेपाली सेनाका कमाण्डर भन्छन्- देउवा- प्रचण्ड सबै भारतका झण्डावाल हुन्

काठमाडौं, ३० फागुन । नेपाली सेनाका पूर्व व्रिगेडियर जनरल प्रेम सिंह बस्न्यातले प्रचण्ड र देउवालाई भारतका झण्डावाल मात्र भएको आरोप लगाएका छन् । भारतले नेपालको सार्वभौम सत्तामाथि गरेको ठाडो हस्तक्षेपप्रति कुनै प्रतिरोध नगर्नुले उनीहरु भारतपरस्त भएको बस्न्यातको आरोप छ । उनले साँघु पत्रिकासँग गरेको कुराकानीमा यस्तो बताएका हुन् ।

कुराकानीको पूरा अंशः

पहिले मान्छेको महत्व थिएन, गोरा जातिले अमेरिकामा काला जातिमाथि अत्याचार मात्र गर्दैनथे, पशु चौपया बिक्री गरी बेच्थे र बधुवा बनाएर घरमा राख्थे । भारतले हामीलाई अहिलले ठीक यही शैलीमा बधुवा मजदुर जस्तै बनाइरहेको छ ।

त्यसैले उसको हेपावा प्रवृति नेपालीमाथि विभिन्न शैलीमा प्रकट भइरहन्छ । अहिले कंचनपुरमा भएको पनि यस्तै हेपाहापनको उपज हो ।

हाम्रो देश नेपाललाई एउटा स्वतन्त्र देश भनेर मानेकै छैन । म ठोकुवाको साथ भन्छु भारतको शव्दकोषमै नेपाल स्वतन्त्र देश भन्ने छैन । त्यसैले भारतले यहाँ निरन्तर हस्तक्षेप गरिरहेछ ।

राजा त्रिभुवनलाई नेपालमा राष्टपिता भनेर वर्णन गरिन्छ । तर उनी नेपालका दुर्भाग्य हुन् । किनकि उनले हामी नेपालीलाई भारतको बधुवा मजदुर बनाएका थिए । अहिले प्रचण्ड, शेरबहादुर देउवा (देउवाजी त अझै सत प्रतिशत इण्डियन पक्षधर होइनन्, उहाँको लगाम अन्तै छ) त्रिभुवनले विगतमा भित्राएको बधुवा मजदुरशीपको नयाँ संस्करणको रक्षा गरिरहेका छन् । प्रचण्ड- देउवालगायत राजनीतिक दलका नेता भारतका झण्डावाल हुन् ।

सन् १९६२ को युद्ध त्यतिमा भारत भागेको थिएन । राजा महेन्द्र, माओत्सेतुन र चाइनको डेप्लोमेसीले त्यता ठोकेपछि मात्र भारतीय यताबाट भागेका थिए । मैले चाइनालाई हस्तक्षेप गर्नु भनेको होइन तर भारतीयहरुलाई तह लगाउन यस्तै गर्नुपर्छ । चीनको प्रोफेसरले बोलेर हुँदैन । कुनै रक्षामन्त्री, मन्त्री वा नेताले कडा भाषा बोल्यो भने त्यत्तिकै खत्रक्क हुन्छ । – साँघु पत्रिका (channelnp)

Leave a Reply