लागुऔषधको संगतमा परेका ५ बर्षिय बालकको दमकको गणतन्त्र चोकबाट यसरी भयो उद्धार (भिडियो सहित)

दमक / एक ५ बर्षिय लागुऔषध प्रयोगकर्ता बालक र उनका दाजुको उद्धार एवं पुर्नस्थापना भएको छ । लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतमको पहल र सक्रियतामा उनिहरुको उद्धार गरिएको हो ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारी, इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरी, सवाल नेपाल डटकमका सम्पादक विष्णुप्रसाद पोखरेल,दमक वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापा सहितको टोलीले उनिहरुको उद्धार र पुर्नस्थापना गरेको लायन्स अध्यक्ष गौतमले बताए ।

दमक नगरपालिका उपप्रमुख अधिकारीले ठूलो बालकलाइ हेप्पी नेपाल उपचार तथा पुर्नस्थापना केन्द्र दमक र ५ बर्षिय बालकलाइ उर्लाबारीस्थित अनाथश्रममा लगेर राखिएको छ ।

गौतमका अनुसार बिहान ४ बजेको समयमा दमकको गणतन्त्र चोकमा खुट्टामा चप्पल बेगर मैलाथोत्रा लुगा लगाएको बालक देखेर सोधखोज गर्ने क्रममा राती सडकमा नै सुतेको थाहा पाईएको थियो ।

शरिरमा लागुऔषधको रुपमा प्रयोग गरेको डेन्ड्राइट पोखिएको देखेपछि आफ्नो दाजुले खाँदा झरेको भन्ने जवाफ दिएपछि आफू धेरै भावुक भएको पनि गौतमले बताए ।

आमाले बारम्बार आफूलाइ छाडेर हिड्ने गरेको र कहिलेकाहि सडकमा नै सुताउने गरेको भनिरहदा दमक नगरपालिका उपप्रमुख अधिकारीले आँखाबाट आँशु नै झोरेकी थिइन् ।

उनले इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीलाइ बालकको आमा खोज्न समेत आग्रह गरेकी थिइन् । अहिलेसम्म बच्चाको सोधखोज कसैले नगरेको गिरीले बताएकाछन् ।

विहान मर्निङवाकको क्रममा बच्चादेखेपछि गौतमले सवाल नेपाल डटकम, नगरपालिका उपप्रमुख र प्रहरीलाइ खबर गरेका थिए । लगत्तै उनिहरुको उद्धार गरिएको थियो ।

यसै विषयलाइ समेटेर डकुमेन्ट्रि समेत बनाइएको छ । विष्णुप्रसाद पोखरेल र केदार पौडेलले डकुमेन्ट्रि निर्माण गरेका हुन् । हेर्नुहोस डकुमेन्ट्रि-