Tuesday , November 21 2017
Breaking News

ठूलो बेलुन, दाईको दुई थप्पड र छ्याप्छ्याप्ती फालिएका कण्डम

स्कटनेपाल 
ममतामयी आमा
नमस्कार !
लामो समयको अन्तराल पछि पत्र कोर्दैछु । आरामै छु र आरामको कामना गर्दछु । तपाईंसँग भेटघाट नभएको पनि झण्डै ४ वर्ष बितेछ । फोनमा त बेला बेलामा समाचार आदानप्रदान हुन्थ्यो नै तर उही त हो महँगो शुल्क अनि टाढा भएकाले मात्र हालखबर र सञ्चो विसञ्चोमा सीमित हुन्थ्यो । मनका कुरा खुलेर गरुँभन्दा पनि गर्नै नपाईने । घरमा कम्प्युटर भए पनि इन्टरनेट चलाउने समयमा बत्ती नै नहुने ।
आमा ! गत साता बहिनी विजयाले स्काइपमा कुरा गरेकी थिइन् । बुबा र तपाईंको बैवाहिक वार्षिकोत्सवका फोटो पठाएकी थिईन् ।
अनि साँच्चै बुवाको स्वास्थ्य कस्तो छ ? ब्लडप्रेसरको नियमित औषधि सेवन गर्दै हुनुहुन्छ होला हैन ?
सधैं शारीरिक व्यामाम गर्नुपर्छ । अनि तपाईंको थाइराइडको समस्याको स्थिति कस्तो छ ? बेलाबखतमा रगत परीक्षण गरी नियमित औषधि सेवन गर्नुहुनेछ ।
यो पत्रमा धेरै पहिलेदेखि मेरो दिमागमा खेलेको कुरा खोल्न खोज्दैछु । सायद यो पत्र पढ्दा तपाईं एकपल्ट झस्कनु हुन्छ होला छोरीले आमालाई कसरी यस्तो विषयसँग सम्बन्धित पत्र लेख्न सकेको होला भनेर ।
विजयाले भन्दै थिईन्, तपाईँले पनि जागिरबाट अवकाश पाउने बेला भयो रे । स्वास्थ्य तथा जनसंख्यासम्बन्धी कार्यक्रम, परिवार नियोजनसम्बन्धी काम गर्ने सँस्थामा भाग लिने गर्नुहुन्छ रे हैन ? बुवाको क्षेत्र पनि स्वास्थ्य भएको हुँदा तपाईँले स्वास्थ्यसम्बन्धी धेरै अनुभव सँगाल्नु भएको छ भन्ने लाग्छ । यो पत्रमा धेरै पहिलेदेखि मेरो दिमागमा खेलेको कुरा खोल्न खोज्दैछु । सायद यो पत्र पढ्दा तपाईं एकपल्ट झस्कनु हुन्छ होला छोरीले आमालाई कसरी यस्तो विषयसँग सम्बन्धित पत्र लेख्न सकेको होला भनेर ।
तर, आमा ! तपाईँ मेरी जन्मदाता मात्र हैन, मेरा लागि सबैभन्दा कुरा मिल्ने सँगिनी बन्नुभयो । मैले तपाईँमा मातृत्व सँगै आत्मीय साथीत्व पनि पाउँछु । हुन त म कसैसँग नखोलेका प्रेम प्रसङ्गका कुरा पनि तपाईंलाई नै खोल्ने गर्थें । पत्रमा वर्णित विषयसम्बन्धी म आफै नै केही गर्न चाहन्थे, संघसंस्थालाई झकझकाउँथे, जनचेतना जगाउन प्रयास गर्थें । तर अहिले म पढाईको क्रममा टाढा रहेकी र तपाईं पनि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित हुनुभएको र म पनि चिकित्सक भएको कारण आज निसंकोच यो विषय निकाल्दैछु । किनभने यो विषय व्यक्तिगत जीवनसँग सम्बन्धित भए प्रत्यक्ष सरोकार राख्दछ ।
त्यसैले मेरी आमा साथी यस विषयलाई तपाईंले अन्यथा नलिई मेरो भावना बुझ्दै यससँग सम्बन्धित विषयमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुहुनेछ र टिनएजरका विद्यार्थीलाई पनि सचेत गराउनुहुनेछ भन्ने पनि आशा गरेकी छु ।
गहन विषयका रुपमा मैले पुरुषहरुको अस्थायी जन्मान्तर साधन ढाललाई लिएकी छु । यस विषयमा मैले बाल्यकालदेखि सुनेका, भोगेका र देखेका प्रसंगलाई जोड्दै छु ।
आमा, आज मैले मत्र कोर्ने प्रसंग अरुबेलाको भन्दा नितान्त फरक छ । सायद पत्र पढ्दा तपाईँका थुप्रै साथीभाईले मुखामुख गर्नुहोला, कसैले जिब्रो काट्नु होला त कसैले नाक खुम्च्याउनुहोला, तर तपाईँले मलाई बुझ्नुहुनेछ भन्ने कुरामा विश्वास छ । विषय के रहेछ भनी तपाईँलाई कौतुहल उत्पन्न हुनसक्छ । गहन विषयका रुपमा मैले पुरुषहरुको अस्थायी जन्मान्तर साधन ढाललाई लिएकी छु । यस विषयमा मैले बाल्यकालदेखि सुनेका, भोगेका र देखेका प्रसंगलाई जोड्दै छु ।
०००
आमा, मैले यो विषयलाई पत्रमार्फत् यसरी कोर्दिन थिएँ होला । सायद आज ६ वर्षका बालबालिकाले अमेरिकाका जस्तो व्यस्त सडकमा पनि हिड्दाहिड्दै उ बेलुन भन्दै बाटोमा फ्यात्त फ्याँकिएको ढाल नटिपेको भए । नसुनेका घटना सुन्दा म झसङ्ग भएँ । मेरा आँखाअगाडि अबोध बाल्यकालको घटना नाँच्न थाले ।
दाईको दुई थप्पड
सायद म आठ वर्षकी हुँदी हुँ, दुई कक्षामा पढ्दै थिएँ । उही न हो बुवाको शुद्ध जागिर, हामी चार–चार सन्तान, कमजोर आर्थिक अवस्था । अहिलेका बालबालिकाका जस्ता महँगा गुडीया, गाडी, बल, बन्दुक, भिडियो गेम, आईप्याडजस्ता खेलौना कहाँ नै हुन्थे र ? खेलौनाका रुपमा कपडाले बनाएका पुतली अनि बाटोघाटोमा फ्याँकेका खैनीका बट्टा, तीनतिर प्वाल पार्दै धागो हालेर लट्ठी राखी तराजु बनाइन्थ्यो । विभिन्न आकारका ढुङ्गाका ढक अनि चौरमा उम्रेका झारपातका फलफुल र सागपात बनाई पसल थापिन्थ्यो । साहुजी र ग्राहक बनी किनबेचको अभिनय गरिन्थ्यो ।
एकदिनको कुरा हो, सायद तपाईँ घरमा हुनुहुन्नथ्यो । बैनी र म चौरमा साहुनी बनी खेल्दै थियौँ । चौरमा उम्रिएका थरिथरिका झारपात बटुल्दाबटुल्दै एक्कासी बेलुनजस्तो तर केही ठूलो आकारको चिज फेला प¥यो । देख्नासाथ दुवै फुरुङ्ग भयौँ, टिप्नासाथ खुशीले गद्गद् भयौँ ।
बेलुनमा लागेको फोहोर टक्टक्याउदै हामी बेलुन फुक्न के लागेका थियौँ, उताबाट कड्किएको दाईको सुनियो, ‘के गर्छन् यी काम नलाग्ने केटाकेटीहरु ! जे पायो त्यही खेलेको छ ।’ उहाँ त रिसले चुर हुनुभयो । कसले टिपेको यस्तो फोहोरी चीज भन्दै मेरो गालामा दुई थप्पड हान्नुभयो । म ट्वाल्ल परें, अक्क न बक्क भएँ । टिपेको वस्तु फ्यात्त फ्याँकेर घर फर्किएँ ।
मैले झन्डै चार वर्ष पछि मात्र बेलुनको रहस्य चाल पाएँ । त्यो मैले टिपेको वस्तु त बेलुन नभएर कन्डम पो रहेछ । ए ! मैले त साँच्चै टिप्नै नहुने, बच्चाले नाम लिनै नहुने, हेर्ने र खेलाउन नहुने फोहोरी वस्तु पो टिपेकी रहेछु अनि कसरी फुक्थेँ त मैले । बरा ! दाईले पनि कसरी बुझाउनुहुन्थ्यो त त्यसवेला मलाई ।
म रोईरहेकी थिएँ, अनि तपाईँले के भयो भनी सोध्नुभयो, टाउको दुखेको पो हो कि भन्दै सिटामोल खान दिनुभयो । तर पनि म केही बोलिन । के बोल्ने ? के–का लागि गाली रन्किए ? अड्कल गर्नै सक्दिनथेँ । तर सधै मेरो मनमा लागि नै रह्यो दाईले किन काम नलाग्ने केटाकेटी भन्नुभएको भनी । यो घटनापछि मैले फागु पूर्णिमामा पनि बेलुन किन्ने आँट गर्न सकिन् । अरु सबै बेलुन किन्थे, फुक्थे र पानी भर्थे तर म रङ्ग मात्र खेल्दथें, अरुले बेलुन खेलौ भन्दा मन छैन भनी टारी दिन्थे ।
चारवर्ष पछि थाहा पाएँ कण्डम हो भनेर
मैले झन्डै चार वर्ष पछि मात्र बेलुनको रहस्य चाल पाएँ । त्यो मैले टिपेको वस्तु त बेलुन नभएर कन्डम पो रहेछ । ए ! मैले त साँच्चै टिप्नै नहुने, बच्चाले नाम लिनै नहुने, हेर्ने र खेलाउन नहुने फोहोरी वस्तु पो टिपेकी रहेछु अनि कसरी फुक्थेँ त मैले । बरा ! दाईले पनि कसरी बुझाउनुहुन्थ्यो त त्यसवेला मलाई । थाहा पाएपछि त मैले गालाको दुःखाई बिर्सिएँ ।
त्यस समयमा पनि साथीहरुबाट यतिमात्र थाहा भयो – कन्डम भनेको नराम्रो चिज हो भन्ने कुरा । त्यो त अरुको अगाडि नाम उच्चारण गर्न नमिल्ने वस्तु रहेछ । मलाई अत्तोपत्तो थिएन यो के र कुन कामको लागि प्रयोग हुन्छ भन्ने बारेमा ।
विद्यालयमा स्वास्थ्य विषयबारे प्रजनन् स्वास्थ्य, परिवार नियोजनजस्ता पाठको पढ्ने पालो आईपुग्ने बित्तिकै शिक्षकहरु नपढाइकन तिमीहरु आफै पढ भनी मुसुक्क हाँस्दै हिड्नुहुन्थ्यो । तपाईं आफै भन्नु त, सर मिसहरुले नपढाएको विषय हामी विद्यार्थीहरुले स्वअध्ययन गरेर कसरी बुझ्न सक्थ्यौँ र त्यसबेला ?
मुसुक्क हाँसेर शिक्षक भन्थे– आफैँ पढ है
थाहा होस् पनि कसरी आमा !विद्यालयमा स्वास्थ्य विषयबारे प्रजनन् स्वास्थ्य, परिवार नियोजनजस्ता पाठको पढ्ने पालो आईपुग्ने बित्तिकै शिक्षकहरु नपढाइकन तिमीहरु आफै पढ भनी मुसुक्क हाँस्दै हिड्नुहुन्थ्यो । तपाईं आफै भन्नु त, सर मिसहरुले नपढाएको विषय हामी विद्यार्थीहरुले स्वअध्ययन गरेर कसरी बुझ्न सक्थ्यौँ र त्यसबेला ?
कहिलेकाँही यो विषयमा के रहेछ भन्ने मनमा नउब्जिएको पनि हैन । कक्षामा सबैका अगाडि पढ्दा पनि साथीभाईहरुले जिस्काउलान् भन्ने डर थियो । फेरि सर, मिसले पनि गलत अर्थ लगाउनु होला भन्ने उस्तै पिर , अनि घरमा पढ्दा पनि दाजुभाई, दिदीबहिनीले देख्लान् भन्ने त्राही–त्राही । मौका हेरेर यसो पाना पल्टायो, अनि कसैले खोकेको सुन्यो कि हत्त न पत्त अर्कै पाना पल्टाउने गरिन्थ्यो ।
दिइएको पाठ नपढी पनि सुखै थिएन । जहिले पनि जाँचमा अनिवार्य एक प्रश्न प्रजननसम्बन्धी सोधिन्थ्यो । कम्ता मुस्किल परेको हैन परीक्षामा लेख्न पनि । त्यो विषय पढी सकाउन आमा, दाई, दिदी, बहिनी कोही नभएको मौका छोप्नुपथ्र्यो । एसएलसीसम्म पनि म मा प्रजनन स्वास्थ्य, परिवार नियोजन भनेको लाजैमर्दो कुरा हो भन्ने गलत धारणा बसेको थियो ।
ट्वाईलेट त रबरका तिनै आतङ्कित कन्डमले पो भरिएको रहेछ । उपस्थित सबैजना छक्क, अक्क न बक्क र दिक्क देखिन्थे । घरमा एकजोडी छोरा बुहारीबाहेक सबै अविवाहित, अनि डेरामा बसेका उमेरदायी केटाकेटी र पचास नाघिसकेका । घरबेटी बाआमाको अगाडि बिचरा ! ती मेरी साथी र उनका श्रीमान् लाजले भुतुक्क भए ।
ट्वाइलेटभरि कण्डम, साथीका बुढाबुढी लाजले भुतुक्क
आमा ! फेरि म तपाईंलाई प्रजनन र कन्डमबारे अर्को कहानी सुनाउँछु । मैले आईएस्सी पढ्दै गर्दा झण्डै छ महिनाअगाडि विवाह गरेकी हितैषी साथीले फोन गरिन् । म उनको विवाहमा परीक्षाका कारण उपस्थित हुन सकेकी थिइनँ । उनले मलाई आफ्नो नयाँ घर देखाउन र आफ्ना घरका सदस्यसँग परिचय गराउन बोलाईन् । म पनि शनिवारको दिन पारेर उनको घर पुगेँ ।
तर संयोगबश त्यो दिन उनको ट्वाइलेट जाम भएको रहेछ । घरका सबै सदस्य जाम खोल्न व्यस्त थिए । कोही ट्वाईलेट खोल्ने मान्छे खोज्न गए त कोही पानीको व्यवस्था गर्दै थिए । घरमा ठूलै हल्लाखल्ला मच्चिएको थियो । कामदार भेला भए र वरिपरि नियाले । ती कामदारहरुले ट्वाईलेट खोलेरै छाडे ।
ट्वाईलेट त रबरका तिनै आतङ्कित कन्डमले पो भरिएको रहेछ । उपस्थित सबैजना छक्क, अक्क न बक्क र दिक्क देखिन्थे । घरमा एकजोडी छोरा बुहारीबाहेक सबै अविवाहित, अनि डेरामा बसेका उमेरदायी केटाकेटी र पचास नाघिसकेका । घरबेटी बाआमाको अगाडि बिचरा ! ती मेरी साथी र उनका श्रीमान् लाजले भुतुक्क भए ।
धेरै दिनसम्म आमाबुवाको आमुन्ने सामुन्नेपर्नै सकेनौं भन्थे ।
तपाईंलाई थाहै होला यो प्रसङ्गका बेला म चिकित्सा विषयको पढाई शुरु गर्दै थिएँ । अब भने मलाई यौन र कन्डमका बारेमा धेरै बुझिसकेकी थिएँ । त्यसैले मैले मेरी साथीलाई गाली गर्न थालें । आफू र आफ्ना घरमा बस्नेबाट गल्ती हुन गए होस गराउने तिम्रो काम हो, किन चुप बस्यौ भनी सोधें । उनीहरुको कुरा के परेछ भने सुनसान र एकान्त ठाउँमा उनीहरुको घर, फोहोर फ्याँक्ने ठाउँको उचित व्यवस्थाको अभाव, भर्खरै बैवाहिक जिवनमा गाँसिएका हँुदा परिवार नियोजनका स्थायी साधन प्रयोग गर्न अलि मिलेनछ । अब के गर्ने भनी उनीहरुले कन्डमको प्रयोग गर्न थालेछन् । अब कता फ्याँक्ने, घरमा अरुले देखे लाज हुने भन्ने ठानेर सबैभन्दा गोप्य ठाउँका रुपमा ट्वाईलेट देखेछन् ।
सुरु–सुरुमा त राम्ररी नै फ्लस भएछ । पछि त्यही त हो रबरको चिज, पानी प्रशस्त नभएको र सजिलै कुहिने नभएकाले ट्वाईलेट जाम हुन पुगेछ । म उनीहरुको घटना सुनी ट्वाल्ल परेँ । सम्झेँ, साँच्चै रेडियो, टीभी, पत्रपत्रिकामा हेर्नुहोस् त जताततै कन्डमको बारेमा जानकारी पाईने तर यसको उचित प्रयोग, सही विसर्जन र व्यवस्थापनको बारेमा कुनै जानकारी नदिईने । किन यस्तो भईरहेछ, किन गहिरिएर नसोचिएको हो ? साँच्चै गल्ती त हामीबाट नै भएको रहेछ, कुनै पनि विषयको बारेमा जानकारी दिँदा त्यसको बारेमा विस्तारमा ज्ञान दिनुपर्ने हो । त्यसैले आमा, तपाईंहरुले सञ्चालन गर्ने जनचेतनामुलक कार्यक्रममा यस विषयलाई पनि उठान गर्नुहुनेछ भन्ने आशा गरेकी छु ।
कुनैपनि सामानको उत्पादन त्यसको आवश्यकताले गर्छ । आवश्यकता महसूस गरेपछि वस्तुको व्यवस्थापनबारे पनि सोचिनु पर्छ । सामानको उत्पादन परिचालन र व्यवस्थापन गर्न सकिएन भने त्यसको औचित्यको मूल्य रहन्न आमा ।
यसो पैसा तिर्न लागेको त पैसा भुईंमा खसेछ । पैसा उठाउन खोज्दा त उनी छक्क परिछन् । पैसा त बाटोमा फ्यात्त फ्याँकिएको कन्डमको छेउमै झरेछ । पैसा टिपौं कि नटिपौं भनी दाई बहिनी दुवै दोधारमा परेछन् ।
पैसा खस्यो कण्डममा, टिप्नै लाज लाग्यो
कन्डमले संसार पिरेको छ, अर्को प्रसङ्ग उठाउँछु । बैनी विजया अध्ययनको सिलसिलामा लन्डन पुगेकी थिईन् । त्यहाँ त मानव अधिकार, जनावर अधिकार आदि भएको अनुशासित, प्रदुषणरहित, सभ्य अति सुन्दर सहर लण्डनको जनजिवन अत्यन्त व्यस्त देखिन्छ रे । सडक, पार्क, होटल, ट्वाईलेट कतै पनि फोहोरको त कुरै छोडौं सानो कागजको टुक्रासम्मपनि भेटिदैन थियो रे । यौन स्वतन्त्रताको मुलुक भनिए पनि त्यहाँ बलात्कारका घटना सुनिदैनन् रे । संसारमा यहाँ जति सभ्य मानिस कहीँ नहोलान् भन्ने लाग्दैथ्यो रे । उनलाई यत्तिकैमा एउटा घटनाले छक्क पारेछ ।
मेरी बहिनी दाजुसँगै घुम्न गएकी रहिछन् । डुल्दाडुल्दै थकित भएका उनीहरु दुवैले चिसो खाने विचार गरेछन् ।
यसो पैसा तिर्न लागेको त पैसा भुईंमा खसेछ । पैसा उठाउन खोज्दा त उनी छक्क परिछन् । पैसा त बाटोमा फ्यात्त फ्याँकिएको कन्डमको छेउमै झरेछ । पैसा टिपौं कि नटिपौं भनी दाई बहिनी दुवै दोधारमा परेछन् ।
दाईले के ठान्नुहोला भन्ने लागेर उनले त्यो झरेको पैसाको माँया मारिछन् । पुनः ब्यागबाट अर्को पैसा झिकी पैसा तिरिछन् ।
बाटोे, गल्ली, खाल्डो, हस्पिटल जताततै खुलम्खुल्ला फ्याकिएका कन्डम देखिनथाले । सहरदेखि गाउँसम्म जताततै अव्यवस्थित रुपमा फ्याँकिएका वेवारिसे रबरका खोल । हुँदाहुँदा हस्पिटल वरपर, पिकनिक स्थल, विद्यालय–कलेजका ट्वाईलेटदेखि लिएर मन्दिर परिसर वरपरसम्म पनि । अलि अध्याँरो, ओसिलो र खाल्डाखुल्डीको त कुरै छोड्नुहोस् ।
अस्पतालदेखि मन्दिर परिसरसम्म कण्डम
स्नेही आमा ! यी घटनाले गर्दा मेरो दिमागमा कन्डमकै भूत चलेको थियो । मैले यसपछि हिँड्दा, डुल्दा, विद्यालय जाँदा, बाटोमा नियालेर हेर्न थालें ।
बाटोे, गल्ली, खाल्डो, हस्पिटल जताततै खुलम्खुल्ला फ्याकिएका कन्डम देखिनथाले । सहरदेखि गाउँसम्म जताततै अव्यवस्थित रुपमा फ्याँकिएका वेवारिसे रबरका खोल । हुँदाहुँदा हस्पिटल वरपर, पिकनिक स्थल, विद्यालय–कलेजका ट्वाईलेटदेखि लिएर मन्दिर परिसर वरपरसम्म पनि । अलि अध्याँरो, ओसिलो र खाल्डाखुल्डीको त कुरै छोड्नुहोस् ।
गाउँको सन्दर्भमा भने अलि फरक पाएँ । घरका र बाटाका वरपर विरलै कन्डम देखिन्थे । तर घाँसपात काट्न जाँदा, कान्लाकुन्लीतिर, दाउरा लिन जाँदा जङ्गलतिर फ्याँकिएका कन्डम देखेर दिक्क मान्थें । सायद, फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा मानिसले लाज र डरले कसैले नदेख्ने गरी फुत्त डाँडाबाट फ्याँकिएको हुनसक्छ । कहिले कहिले त तोतेबोली नफुटेका बच्चाहरुले बेलुन मानेर होला कन्डम नै फुकेको पनि देखियो । तपाईं आफै भन्नुस् त आमा, त्यसरी फ्याँकिएका, आफैमा प्रदुषित, जथाभावी प्रयोग गरिएका, सडेका, दुर्गन्धित कन्डम स्वास्थ्यको दृष्टिकोणले कति हानिकारक छन् ?
यी घटनापश्चात् मैले जता जुन देशमा गएपनि कन्डमको सही विसर्जन र प्रयोगप्रति मानिस कत्तिको सचेत छन् भनी खोजी गर्न थालेँ । यसै सन्दर्भमा म मित्रराष्ट्र चीनमा अध्ययनको चार वर्षे लामो अन्तरालमा पनि बाटोघाटो, कुनाकाप्चामा नियाल्न थालेँ । मेरा विचारमा मानिसहरु कति सभ्य छन् भन्ने कुरा कन्डमको प्रयोग र व्यवस्थापनले पनि जनाउँछ ।
समयको दौरानमा मैले पार्क, बगैंचा, ट्वाईलेट, स्कुल, क्याम्पसको कुना काप्चामा हेर्न थालें । तर कतै पनि केही फोहोर देखिन । मैले सोचेँ, हैन, फोहोरसँगै कन्डमका बारेमा पनि चिनीयाँहरु अत्यन्तै सभ्य र अनुशासित रहेछन् । मेरो मन मस्तिष्कमा उनीहरु प्रति अत्यन्त सम्मान उब्जियो ।
अनायास म चिप्लिएर भुँइमा लडें । हतारमा म दुःखाईको वास्ता नगरिकनै उठ्न खोजें । उठ्दा त मेरो छातासँगै प्लाष्टिकजस्तो वस्तु टाँसीएर आयो । म त्यसलाई टक्टक्याउन लागें । त्यो त त्यही कन्डम पो रहेछ ।
छातामै कण्डम टाँसिएर आयो
एक दिनको कुरा हो, म मेरो शोधपत्रको प्रस्तुति सकेर दीक्षान्त समारोहका लागि आवश्यक कार्यपत्र र फर्म लिएर दौडादौड गर्दै थिएँ । निश्चित समयको घेरावन्दीका कारण मलाई सास फेर्नेसम्म फुर्सत थिएन । बाहिर पानी परिरहेको थियो । सम्पूर्ण कागजपत्र बुझाउन अफिस जानुथियो । एक हातमा कागजपत्र र अर्को हातमा छाता समाउँदै दौडिन थालेँ ।
अनायास म चिप्लिएर भुँइमा लडें । हतारमा म दुःखाईको वास्ता नगरिकनै उठ्न खोजें । उठ्दा त मेरो छातासँगै प्लाष्टिकजस्तो वस्तु टाँसीएर आयो । म त्यसलाई टक्टक्याउन लागें । त्यो त त्यही कन्डम पो रहेछ ।
मेरो दिमागमा फेरी उही वाल्यकालदेखिका घटनाहरु नाच्न थाले । चिनियाप्रतिको मेरो सम्मान, छापपनि चकनाचुर भयो । मैले यो घटना मेरा सहपाठीलाई सुनाएँ । उनीहरु भन्दै थिए, ‘चिनीयाँहरु यस विषयमा धेरै सभ्य, साथी तिमी मित्रराष्ट्र भारत गयौ भने त आँखामा केही नदेखिने चश्मा किनेर लगाउनु जस्तो पो हुन्छ तिमी गयौ भने बाटोमा केही पनि नदेखेको जसोगरी हिड्नु है’ । यो सुनेर म तीनछक परें ।
आमा !, कन्डमबारे अन्य घटना पनि प्रस्तुत गर्न सकिन्छ तर अहिले म रोक्न चाहन्छु, अर्को वर्ष नेपाल फर्किएपछि मित्रराष्ट्र भारत घुम्न जाने योजनाा गरेकी छु । त्यसपछि त्यहाँको प्रसङ्ग फेरि जोडौंला ।
यस्ता प्रसङ्गबाट के बुझिन्छ भने सबैले यौनलाई मानिसमा उत्पन्न हुने प्राकृतिक आवश्यकताका रुपमा लिने गरेका छन् । स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने हो भने पनि यो एउटा जैविक आवश्यकता हो भने अर्कोतर्फ सृष्टिलाई निरन्तरता दिने माध्यम पनि । हामी भोक लागेपछि खाना खान्छौ, भोक मेट्छौं, पाचन प्रकृया, दिसापिसाबका रुपमा शरीर बाहिर फ्याक्छौं । तर हामी दिसा, पिसाब सबैका अगाडि खुलमखल्ला गर्न सक्छौं र ? पक्कै पनि सक्दैनौं । चेतनशील मानिसले बच्चा र अशक्त अवस्थामा बाहेक जथाभावी फोहोर गर्न सक्तैन । दिसापिसाबका लागि उसले ट्वाईलेटको खोजी गर्छ र मलत्यागपछि फ्लस् गर्छ । दिसापिसाबलाई जताततै फ्यात्त फ्याँक्न हुँदैन भन्ने ज्ञान उसमा छ । ठिक त्यस्तै हो कन्डम पनि, प्रयोग गरीसकेपछि सही टुङ्गामा त्यसलाई विसर्जन गर्ने ज्ञान हुनपर्छ ।
यसकारण आशावादी छु आमा
यसैले आमा, आज म यो पत्रका माध्यमबाट तपाईंहरुले सञ्चालन गर्ने हरेक स्वास्थ्य कार्यक्रम र विद्यालयमा यो विषयलाई उठान गरिदिनुहुन र सचेतना भरिदिनुहुन विनम्र अनुरोध गर्दछु । सभ्य र अनुशासित समाज सृजनाका लागि तपाईंलगायत सम्पूर्ण वुद्धिजीवीवर्ग, शिक्षक, विद्यार्थी,नागरिक, कर्मचारीलगायत राजनीतिकर्मी सबैजनाले आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्नु नितान्त आवश्यक छ । रेडियो, टी.भी., पत्रपत्रिका, सिनेमाहल जस्ता सञ्चारका जल्दाबल्दा माध्यमले पनि यसविषयको उठान गर्दै कहिले, कहाँ, किन र कसरी प्रयोग गर्ने र प्रयोगपछि के, कहाँ, कसरी विसर्जन गर्नेबारे ज्ञान दिनु ढिला भईसकेकाले उचित व्यवस्थापनका लागि पहल गर्नेछन् भन्नेबारे म आशावादी छु ।
पत्रमा कति लेखुँ, अन्तमा आमादाजु, भाउजु, दिदी, भिनाजु सबैलाई मेरो नमस्कार अनि सम्झना सुनाईदिनुहुनेछ । म पनि एमडी पूरा गरेपश्चात् नेपाल फर्किएपछि तपाईंहरुले सञ्चालन गर्ने हरेक जनचेतनामूलक कार्यक्रमहरुमा सक्रिय भूमिका निर्वाह गर्नेछु । स्वास्थ्यकर्मी भएका नाताले कन्डमको प्रयोग र व्यवस्थापनबारे स्पष्ट पारिदिनेछु । हवस् त आमा, यो पत्र यही टुङ्गाउन चाहन्छु ।
आत्मीय छोरी
डा. जया सत्याल
थियानजीन, चीन

 

Leave a Reply