मुसुमुसु हाँस्दै राष्ट्रपतिलाई सपथ गराएका गोपाल पराजुलीको सपथ लगतै पद खुस्कीयो (सपथको भिडियो)

सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् ।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो ।पराजुलीले उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ ।
न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपवुरबाट आज प्राप्त पत्रका आधारमा पराजुलीले २१ साउनमा नै अवकास पाएको देखिएको परिषद्ले जनाएको छ । लगतै सचिवस्तरीय बैठकबाटै पराजुलीलाई पदमुक्त भएको पत्र काटिएको छ ।