गहिरो प्रेममा अनु र सविन हल्ला कि सत्य !

नायक सविन श्रेष्ठ र नायिका अनु शाहविचको प्रेम चर्चा नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि चल्दै आएको छ । तर, अनु र सविनले अहिलेसम्म प्रेम स्विकार गरेका छैनन् ।तर, नायक सविन र नायिका अनु लामो समयदेखि प्रेममा रहेको कुरा मिडिया र चलचित्रकर्मीमाझ छिपेको छैन । यसैविच, यी दुई वुधबार जिल्ला अदालत पुगेका छन् । अनु र सविनलाई एक व्यक्तले धम्की र गाली गलौज गरेपछि उनीहरु उजुरी दिन अदालत गएका हुन् ।हालैमा अदालत पुगेर सविनले अनुलाई दुलही बनाएको हल्लाले सिनेवृत यतिबेला मज्जैले तातेको छ ।

के हो त यर्थाथ ?  कुराकानी गर्दै सविन भन्छन्, ‘खोई थाहा छैन विवाहको हल्ला कसरी चल्यो । अदालत जाँदैमा बिहे हुन्छ र ? एक व्यक्तिले धम्की र गाली गलौज गरेपछि म र अनु अदालत गरेका हौं । तर बिहे गरेको भन्ने खबर गलत हो ।’ सविनले अनुसँगको प्रेम सम्बन्धको विषयमा पहिलो पटक मिडियामा मुख खोले । ‘हो, हामी नजिक छौं । तर तत्काल बिहे गर्ने सोच छैन । दुलहा बन्ने पनि समय आउला नी !’ उनले भने । अनु र सविनले फिल्म ‘लक्ष्य’, ‘आधा बाटो’ जस्ता फिल्ममा एकसाथ काम गरेका छन् ।