छोरिको मृत लास आगनमा राखेर एउटि असहाय आमा न्यायको भिख माग्दैछ तर कानुनको आँखा त्यहा पुग्न सकेन चाहेन (भिडियो)

शरिन ख्युङ्वा तामाङ,
प्रवास बाट चेलीको आवाज उनको फेसबुक भिडियो र स्टाटस जस्ताको तस्तै :
दिनहुँ जसो बलात्कारको पछिको घटनाले कानुनलाइ चुनौती दिइरहदा कानुनको मौनतालाई अब हामीले के भन्ने ??

गृहमन्त्री बादल साथै पत्रकार भाइ रबि लामिछानेको आँखा सम्म पीडित असहाय आमालाइ न्याय दिलाइ अपराधी भनिएका केसब भट्टराईलाई कानुनी सजाय दिलाउन को लागि सक्दो शेयर गर्नुहोला ।

घटना मोरङ कति नम्बर वाडको घटना हो थाहा भयन गरिबिको मारमा थलिएकी छोरिलाइ पढाइ दिने बहानामा काठमाडौ पठाकी छोरिलाइ साहु भनाउदा केशब भट्टराईले बलात्कार पछि हत्या गरिएको तर आत्महत्याको पोस्टमार्टम गरि काठको बाक्सामा पोको पारी पठाइएको छ ।

यो घटना आत्महत्या होइन भन्ने प्रमाणहरु मृतको टाउको मा चोट र शरीरभरि भएको निलडामले स्पस्ट हुन्छ उनको बलात्कार पछि हत्या नै भएको हो भनेर तर गरिबको न्याय न काठमाडौंका प्रहरी प्रशासनले ती गरिब आमालाइ न्याय दिय सुने न मोरङ एसपि कार्यलय नै न्याय दिन चाहे न सुने अहिले तराईको गर्मीमा छोरिको मृत लास आगनमा राखेर एउटि असहाय आमा न्यायको भिख माग्दैछ तर कानुनको आँखा त्यहा पुग्न सकेन चाहेन । आखिर कहिले सम्म सहनुपर्ने गरिब असहायहरुले ??