राशिफल : वि.सं. २०७४ फाल्गुन ३० गते बुधबार तदनुसार ई. सं. २०१८ मार्च १४ तारिख,


भोलि वि.सं. २०७४ फाल्गुन ३० गते बुधबार तदनुसार ई. सं. २०१८ मार्च १४ तारिख,

आजको चाडपर्व र उत्सव : प्रदोष व्रत, देशोद्धार पूजा (देवपाटन, काठमाण्डौ),

आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कर्णवेध(कान छेड्ने), अक्षरारम्भ, शिलान्यास (सामान्य), दैलो राख्ने, पुराणश्रवण, कलशचक्र,

चैत्र कृष्णपक्षको द्वादशी तिथि, दिउँसो ०३:२७ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि,

श्रवण नक्षत्र, दिउँसो ०२:५६ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र,

आजको चन्द्रमा मकर राशिमा, मध्यरात्रीपछि ०४:०१ बजेसम्म, त्यसपछि कुम्भ राशिमा,

शिव योग, बेलुका ०९:४६ बजेसम्म, त्यसपछि सिद्धि योग,

सुरुमा तैतिल करण दिउँसो ०३:२८ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०४:१८ बजेसम्म, अन्तिममा वणिज करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०६:११ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :–

राहु काल : दिउँसो १२:१४ देखि ०१:४३ सम्म

यमघण्ट : बिहान ०७:४७ देखि ०९:१६ सम्म

गुलिक काल : दिउँसो १०:४५ देखि १२:१४ सम्म

आजको वारवेला :–

लाभ वारवेला : बिहान ०६:१८ देखि ०७:४७ सम्म, साँझ ०४:४१ देखि ०७:४१ सम्म र मध्यरात्रीपछि ०४:४८ देखि ०६:१८ सम्म

उद्वेग वारवेला : दिउँसो ०१:४३ देखि ०३:१२ सम्म र बेलुका ०७:४१ देखि ०९:१२ सम्म

शुभ वारवेला : दिउँसो १०:४५ देखि १२:१४ सम्म र बेलुका ०९:१२ देखि १०:४३ सम्म

अमृत वारवेला : बिहान ०७:४७ देखि ०९:१६ सम्म र बेलुका १०:४३ देखि १२:१४ सम्म

चर वारवेला : दिउँसो ०३:१२ देखि ०४:४१ सम्म र मध्यरात्रीपछि १२:१४ देखि ०१:४५ सम्म

रोग वारवेला : दिउँसो १२:१४ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:४५ देखि ०३:१६ सम्म

काल वारवेला : बिहान ०९:१६ देखि १०:४५ सम्म र मध्यरात्रीपछि ०३:१६ देखि ०४:४८ सम्म

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

नयाँ काममा हात हाल्नु हँदैन । धनव्यय र सञ्चित धनको नाश हुने सङ्केत छ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । आत्मविश्वासको खाँचो हुनेछ, तर दौडधूप गरेको काममा सफलता प्राप्त भई छाड्ने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

काम बिग्रने भयले सताउला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा खोजेको उपलब्धी हासिल हुनेछ । परिवारजनले पनि सहयोगका लागि तत्परता देखाउनेछन् । गोप्य रहस्य पत्ता लगाउन सकिने छ । नसोचेको धन लाभ हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ । सोचेको लाभ नमिल्न सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । आफन्तसँग असमझदारी बढ्न सक्छ । बाध्यताका काममा अलमलिनुपर्ला । पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

खराब समय छ । सरकारी कडिकडाउको सिकार भइनेछ । थिचोमिचो गर्नेहरूले पनि सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । आफ्नैबाट धोका हुनसक्छ । तर मिहिनेत गर्दा मौकाको फाइदा उठाउन सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । शैक्षिक, प्राज्ञिक र बौद्धिक क्षेत्रका लागि समय निकाल्न सकेमा प्रगति हुनसक्छ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहाबमोजिम मानप्रतिष्ठा र सामाजिक मर्यादाका लागि गरेको प्रयास सफल हुनेछ । सन्ततिको पठनपाठन र व्यक्तित्वविकासको चिन्ताले सताउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

हतारको निर्णयले काम बिग्रन सक्छ । रोकिएका घरेलु कामकाज सिद्ध्याउन निकै खट्नु पर्नेछ । महत्वाकाङ्क्षा त्यागेर अघि बढ्नु होला । आजको योजना र लक्ष्यको समुचित प्रतिफल आउने छैन । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । तर पराक्रम भावको चन्द्रमा भएकाले आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ । काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । त्यसैले धैर्य र संयम भई अघि बढ्नु श्रेयस्कर हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

ठूलै फाइदाको आश्वासन पाइनेछ । तर, यथार्थमा लाभ भने कमै मिल्नेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला । स्वादिष्ट भोजनको अवसर पाए पनि पेटको खराबीले सताउन सक्छ । सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना पनि देखिन्छ । तर हाँकेको ताकेको काममा ध्यान पुर्याउन सकेमा सफल भइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

गर्न खोज्दा उपलब्धी नै हासिल हुने दिन छ, तर परिस्थितिले निष्क्रिय बनाउन सक्छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । आम्दानी राम्रै भए पनि अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ । कृषि, पशुपालन तथा व्यापारमा सामान्य फाइदै हुनेछ । गरेका कामबाट पनि सामान्य लाभ भइरहनेछ । आम्दानीको अनुपातमा खर्चको मात्रा बढी हुने समय छ ।

सम्बन्धित शीर्षकहरू: नेपाली राशिफलदैनिक राशिफलबृषमिथुनकर्कटसिंहकन्यातुलामीनमकरकुम्भधनुबृश्चिकराशिफलमेषआजको राशिफल

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com