राधालाई कुट्ने कथित भोलेबाबा भनेर चिनिने राम बहादुर चौधरी यसरी रविसँग माफी मागे -सिधा कुरा

राधालाई कुट्ने कथित भोलेबाबाले रविसँग माफी मागे, भोले बाबाबाट पिटिने अन्य महिलाको दिए यस्तो बयान, आइएनजीओ/एनजीओहरुको प्रर्दाफास गरे रविले र भने आइएनजीओ/एनजीओहरुको औचित्य नै छैन !

कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा निर्घाट कुटपिट गरियो । एक जना ढोगी बाबाले राधालाई कुटपिट गर्दा हेर्नेहरुको ठुलो जमात थियो । राधा गुहार गुहार भन्दै चिच्चाईरहँदा तमासा हेरेर बस्ने कसैले पनि उनलाई बचाएनन् ।

कार्यक्रममा राधाको विषय प्रशारण भएपछि हाम्रो टिम त्यो गांउमै पुगेर रिपोर्टिङ गर्न कैलालीको देउकालिया पुग्यो ।
सिधाकुरा टिम सोमवार कैलालीको घोडाघोडी स्थित देउकलिया पुग्दा स्थानिय महिलाहरुको ठुलो समुह बोक्सीको आरोपमा महिला हिंसा बन्द गर भन्दै जुलुस निकालिरहेका थिए । देउकलिया पुगेपछि शुरुमा हामी (सिधाकुरा टिम) पीडित राधा चौधरीको घरमा पुग्यो । ११ मा पढ्ने २० बर्षिया राधालाई कुट्दा सिंगो समाज किन दर्शक मात्र बन्यो । यसको उत्तर खोज्नु थियो हामीलाई ।

राधा उपचार पछि कैलालीको धनगडीमा अवस्थित एक एनजिओले सञ्चालन गरेको पुनस्थापना केन्द्रमा बसेपनि घरमा परिवार छटपटाई रहेको थियो । राधाको घरपछि हामी आफुलाई भोले बाबा भनेर चिनाउने रामवहादुर चौधरीको घरमा पुग्यौ । हामी घरमा पुग्दा रामवहादुरकी आमा आगनमा राखेको सानो मन्दीरमा सरसफाई गरिरहेकी थिईन् ।

रामवहादुर चौधरी प्रहरीको नियन्त्रणमा रहिरहँदा पनि अझै उनैबाट उपचार गराउन उनको मानिसहरु आउने क्रम जारी थियो । अन्धविश्वास यति सम्म छ कि रामवहादुरले उपचार गरेपछि आफुहर ठिक भएको भन्नेहरु पनि त्यही भेटिए । रामवहादुको परिवारका सदस्यहर पनि उन्को उपचारबाट धेरै महिला पुरुषहरु ठिक भएको दाबी गर्छन् ।

हामी राधाको गाउँमा रिपोर्टिङ गरिरहँदा कैलालीका एसपी विनोद घिमिरे पनि यो घटनाको थप अनुसन्धान गर्न घटना स्थलमै भेटिए । घटना भएका दिन बिदामा रहेका घिमिरेले घटना स्थल पुगेर भोलेबाबा भनेर चिनिने रामवहादुरकी आमा सहित ३ जना दोषीहरुलाई थप अनुसन्धानका लागि पक्राउ गरे ।

एसपी घिमिरेले भने जस्तै राधालाई कुटपिट गरिदा यस विषयमा प्रहरीलाई जानकारी म्यादी प्रहरीमा काम गरेका स्थानिय युवा युवराज थौधरीले गरेका थिए । उपचारका नाममा रामवहादुरले राधालाई निरन्तर कुटपिट गरेपछि युवराज थौधरी र उनका अन्य दुई साथिले प्रहरी चौकी पुगी यस बारे जानकारी गराएका थिए । आफ्नो पुजामा नभएको भन्दै रामवहादुरले युवराज चौधरीकी आमालाई पनि बोक्सीको आरोप लगाएको थियो ।

भोले बाबाबाट पिटिने अन्य महिलाको दिए यस्तो बयान

नेपालमा दिनहुँ जसो बोक्सीको आरोपमा महिलाहरु माथि कुटपिट हुने गर्दछ । अन्धविश्वासका कारण धामी झाँक्रीहरुले यसलाई धन्दानै बनाएका छन् , कैलालीमा राधा चौधरीमाथि कुटपिट हुदा कसैले भिडियो खिचेर सामाजिक सञ्जालमा हालेपछि मात्र कैलाली घोडाघोडी देउकलियाको घटना सञ्चार माध्यमा आएको हो ।

११ कक्षामा पढ्ने २० बर्षिय राधा चौधरीलाई लछार पछार गरी कुटपिट गर्दा हेर्नेहरुको ठुलो जमात थियो । त्यो दिनको घटना बारे राधाले हामीसंग कुरा गर्ने भनेपछि हामी राधालाई राखिएको पुनस्थापन केन्द्रमा पुग्यौ । यो घटनापछि राधा यति विछिप्त भएकी छिन् की उन्लाई अब त्यो गाउँ जानुनै छैन् । राधा मात्र होईन त्यस दिन अन्य महिलाहरु पनि भोले बाबा भनेर चिनिने रामवहादुर चौधरीबाट कुटिएका थिए । यी महिलाहरुलाई कुटिएको भिडियो काँही छैन् तर यिनको अनुहार र शरीरमा अझै पनि निल डामहर छन् ।

पुनस्थापना केन्द्रमा भेटिएका यो ढोंगीबाट पीडित अन्य महिलाहरुले आफ्नो दुखेसो हामीलाई सुनाउँदा लाग्यो यो मानिस र यसको कृकत्यलाई जति घृणा गरेपनि कम हुन्छ । आफ्नो परिचय नखोले पनि उनिहरुले यसरी आफ्नो पीडा सुनाए । हाम्रो समाजमा यस्ता घटनाहरु दिनहुँ भईरहन्छन् । तर चेतना फैलाउन पैसाको खोलो बगेपनि उपलब्धी भने शुन्य जस्तै छ ।

आज पनि केही ढाेंगीहरु उपचार गराईदिने, भाग्य बदलिदिने र ग्रह दशा शान्ति गरिदिने भन्दै गाउँ गाउँ छिरेका छन् । यस्तो ढोंगीहरुबाट गाउँ शहर र सिंगो देशलाई बचाउन जरुरी छ । नत्र धेरै राधाहरुलाई यसरीनै बोक्सी बनाईने छ, कुटपिट गरिने छ र शारीरिक र मानशिक शोषण भईरहने छ । अनि सिंगो समाज फेरी तमासा हेरेर बस्ने छ । जसरी राधा कुटिदा तमासा हेरेर बसेको थियो ।

राधा कुटिएकी चार दिन पछि मात्र अधिकारकर्मीका आंखा खुल्यो

कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलीयाकी २० बर्षिया राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट भएको चार दिन पछि मात्रै कैलाली जिल्लामा क्रियाशिल मानवअधिकार वादी संघ संस्थाको ध्यानाकर्षण भएको छ । आईतबार कैलालीमा रहेका १४ वटा संघसंस्थाले गम्भीर ध्यान आकर्षण भएको बिज्ञप्ती निकालेका छन् । उनिहरुले बोक्सीको आरोपमा कुटपिट गर्ने राम बहादुर चौधरी, स्मारीका चौधरी, किस्मती चौधरी र धटनासंग जोडिएका मतियारहरुलाई कडा कारवाहीको माग राखेका छन्य द्धपी जिल्लामा करिब ५ हजारको हाराहारीमा त्यस्ता संघ संस्थाहरु छन् जो आफुलाई एनजीओ र आईएनजिओ भन्न रुचाउँछन् ।

राधा कुटिएको घटना राधा र उनको परिवारका लागि अत्यन्त पीडादायी भएपनि कतिपय एनजीओहरुका लागि मागि खाने भाँडो बन्यो, प्रोफाईल बनाउने गतिलो मुद्धा बन्यो र थप डलर झार्न सक्ने सशक्त मुद्धा बन्यो । यी एनजीओहरुले विज्ञप्ती मार्फत घटनाको विरोध गरेपनि देउकलियाका महिलाहरु भने कागजका केही टुक्राहरु बटुल्दै त्यसैको प्लेकार्ड बनाएर न्याय मागिरहेका छन् । जनचेतनाका नाममा करोडौं खर्च भयो होला तर चेतनाको स्तर कहाँ छ भन्ने कुराको स्पष्र्ट उदाहरण घोडाघोडीको देउकलियाले दिएको छ ।

घटना लगत्तै स्थानिय अधिकारकर्मीहरुलाई खबर भयो तर आधिकारीक रुपमा बिरोध गर्नुको साटो राधासंग सेल्फी खिच्न र फेसबुकमा स्ट्याटस लेख्नमै सबका सब व्यस्त थिए । संसार भरीका मानिसले बिरोध गरिसकेपछि र घटनाको चार दिन पछि मात्रै अधिकारीकर्मीहरुले आधिकारीक बिज्ञप्ती दिनुले नेपालमा एनजिओजहरुको औचित्यलाई छताछुल्ल पारीदिएको छ ।
आजको सिधाकुराको भिडियो

न्युजट्वान्टीफोरबाट