Saturday , September 23 2017
Breaking News

भुडी बडेर हैरान हुनुहुन्छ ? सुत्नुअघि गर्नुहोस् यि ५ काम…

दुब्लो मानिसलाइ सँधै मोटाउने रहर हुन्छ तर,मोटो मानिसलाई भने बरु दुब्लाउन पाए हुन्थ्यो भन्ने लागिरहेको हुन्छ । वास्तवमा यो नै आम मानिसको नियती बनिरहेको छ । मोटोपन एउटा यस्तो बिरामी हो जसले साथमा अन्य कयौं बिरामीहरु बोकेर आउँछ । यसर्थ मोटोपनलाई रोगको भारी पनि भन्ने गरिएको छ । यदि यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने मान्छे बिभीन्न रोगको शिकार हुँदै क्रमश मृत्युको मुखमा धकेलीरहेको हुन्छ ।कामको व्यस्तताको कारण मानिसहरु नियमितरुपमा शारीरिक अभ्यास पनि गर्न भ्याउँदैनन । यदि तपाई पनि मोटोपनको शिकार हुनुहुन्छ भने यि कुराहरुलाई ध्यानपूर्वक विचार गर्नुहोस् । यदि तपाई राती सुत्नुभन्दा अगाडि यि पाँच उपायहरु अपनाउनुहुन्छ भने तपाईले मोटोपनलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ ।
सुत्नुभन्दा अघि खुर्सानीको सेवन गर्नुहोस: खुर्सानीले बोसो घटाउने काममा धेरै नै प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । यसकारण सुत्नुभन्दा अगाडिको खानासँगै खुर्सानी खानुपर्छ ।
सुत्नुभन्दा अगाडि चिया पिउनुहोस : राती सुत्नुभन्दा अगाडि ग्रीन चिया पिउनाले पनि शरीरको मेटाबोलिज्म बढ्छ । यसले रातभरी तपाईंको तौल घटाउने काम गर्छ ।
सुत्नुभन्दा अगाडि तनावमुक्त हुनुहोस् : आनन्द महसुस गर्नसक्ने वातावरण बनाउनुहोस् । राम्रा राम्रा र सकरात्मक सन्देश दिने गीत सुन्नुहोस् । नुहाउनुहोस् । यसले तपाईलाई राम्रो निद्रा पार्न सहयोग गर्छ ।
रातीको खाना सात बजेसम्म खाइसक्नुहोस् : ढिलो खाना खाने र भोजनलगत्तै सुतिहाल्ने गर्दा तपाईंको मेटाबोलिज्ममा प्रभाव पर्दछ । जसले तौल बढ्न सक्छ ।
खाना अगाडि सूप खानुहोस : बिहान/बेलुकीको मुख्य खानाको सुरूआत सूपबाट गर्नु उत्तम हुन्छ ।

Leave a Reply