बन्ने भयो चलचित्र ‘भीमसेन’, यसरी भयो शुभ मुहुरत (भिडियो सहित हेर्नुहोस)

स्कट नेपाल- नेपाली चलचित्र ‘भीमसेन’ बन्ने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमबीच यो चलचित्रको घोषणा भएसँगै चलचित्र बन्ने भएको हो । युवी फिल्मस् ग्यालरीको तेस्रो प्रस्तुति चलचित्र ‘भीमसेन’ कमेडी, लभ र एक्सनप्रदान रहने निर्माणपक्षले जनाएको छ । भोमान कटुवालको निर्देशनमा बन्न लागेको यो चलचित्रको निर्माता कला राई रहेकी छन् ।

चलचित्रमा राजु किराती राईको द्वन्द्व निर्देशन, राजन भुजेल संवाद, भोमन कटुवालको कथा, अशोक थापाको सह निर्देशन, पवन गौतमको छायाँकन, अनिल महर्जनको सम्पादन र पुस्कर सुनुवारको सङ्गीत रहने छ ।

राजन मर्हजन, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, अजिता पौडेल, कल्याण अधिकारी, धनराज सुब्बा, राजकुमार , महेन्द्रकुमार राईलगायतका कलाकारको अभिनय रहने यो चलचित्रमा अन्य कलाकारको छनोट भइरहेको भोमान कटुवालले बताए ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वितरक गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, चलचित्र निर्माण युनिट, कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थितिमा चलचित्रको शुभ मुहूर्त समेत गरिएको थियो ।

चलचित्रलाई काठमाडौं आसपासका क्षेत्रमा छायाँकन गरिने छ ।

हेर्नुहोस यसरी भयो शुभ मुहुरत