Monday , December 11 2017
Breaking News

नेपाली सामुदायिक केन्द्र भिक्टोरियाका लागि लुम्बिनीको माटो हस्तान्तरण: भिडियो सहित

विस्वको जुनसुकै कुनामा गए पनि नेपालीले आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई बिर्सन सक्तैनन र यस्लाई आफ्नो पुस्तामा मात्रै कसरी कायम राख्ने भन्ने मात्रै नभएर भावी पुस्तामा समेत यस्लाई कसरी निरन्तरता दिने भन्ने चिन्ता र दायित्व पनि छ यही पुस्तामा । तीब्र गतिमा परिबर्तित र खुला विस्व परिबेशका कारण आफ्नै देशमा कतिपय हाम्रा कला, संस्कृति, रीति, रिवाज आदि लोपोन्मुख अवस्थामा छ भने बिदेशमा यस्ता कुराहरुलाई कायम राख्दै भावी पुस्तामा निरन्तरता दिने कार्य आँफैमा ठूलो चुनौति हो र पनि सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशको सूचिमा पर्ने हाम्रो सांस्कृतिक बैभबका आधारभूत कुराहरुलाई जे जस्तो किसिमबाट भने स्थापित गर्न सकियो भने यो अनेकतामा एकता, सामाजिक सदभाव, नेपाल प्रबर्द्धन, सांस्कृतिक निरन्तरता, प्रबर्द्धन र संरक्षण आदि उद्धेस्य प्राप्ती कार्यमा सहायकसिद्ध हुनेछ ।

ठूलो उद्धेस्य प्राप्ती कार्यको लागि फराकिलो सोंच पनि त्यत्तिक्कै महत्वपूर्ण हुन्छ । संकीर्ण सोंच जहिले पनि र जहाँँ पनि समस्याको कारकतत्व बन्छ । पछिल्लो बिज्ञानको रुपमा देखा परेको NLP (Neuro-linguistic programming) ले सुझाब दिने खुशी र सुखी हुन अधिकाधिक बिकल्पको अपरिहार्यता हाम्रै पूर्बीय दर्शनकै जगमा आधारित छ र यो ठूला र महत्वपूर्ण उद्धेस्य प्राप्ती कार्यमा पनि त्यत्तिक्कै महत्वपूर्ण हुन्छ ।

उपर्युक्त उद्धेस्य प्राप्ती कार्यमा केन्द्रित भएर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि गत २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रम आयोजना गरिएको थियो जस्मा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा मात्रै गर्नु भएन, कथंकदाचित यो महत्वपूर्ण परियोजनाले पूर्णता प्राप्त गर्ने अवस्था नआएको खण्डमा थप ५० हजार र अझ बढी पनि सहयोग गर्न सकिने संभावना रहेको उद्घोष गर्नु भयो । संभबत नेपाली समुदायको पहिचान स्थापित गर्ने उद्देश्यका साथ सामुदायिक केन्द्र बनाउनका लागि गरिएको यो नै सबैभन्दा ठूलो व्यक्तिगत योगदान हो । यससँगै सामूदायिक केन्द्रको सदस्यताका साथै विभिन्न सामग्रीहरुको लिलामीबाट पनि रकम संकलन गरी एकैदिनमा १ लाख डलरभन्दा बढी संकलन भएको छ । त्यसपस्चात आर्थिक संकलन कार्य निरन्तर रुपमा अगाडि बढिरहेको छ ।

सामुदायिक केन्द्रका लागि लुम्बिनी-कपिलवस्तु विस्व अभियानका तर्फबाट वुद्धसंग सम्बन्धित कुनै महत्वपूर्ण कुरा उपलब्ध गराउन सामुदायिक केन्द्रका अध्यक्ष रन्जन बैद्यले गर्नु भएको आग्रह अनुरुप अभियानका विस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठ, गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी विस्वबिद्यालयका पहिलो रजिस्टार एबं अभियानका सार्क सल्लाहकार केदार शाक्य, अभियानका नेपाल च्याप्टरका कोषाध्यक्ष धर्म बहादुर शाक्य, अभियानका नेपाल च्याप्टरका सचिब निलेश अधिकारी लगायतका टिम लुम्बिनी जानु भएको बेला लुम्बिनीका भिक्षु टुण्डुकले विस्व शान्तिका प्रतिक वुद्ध जन्मस्थल लुम्बिनीको पवित्र माटो अभियानका विस्व सल्लाहकार प्रो डा कबिताराम श्रेष्ठलाई बिधिबत हस्तान्तरण गरिएको छ जस्लाई छिट्टै अस्ट्रेलिया ल्याउने प्रकृया अगाडि बढाइनेछ । अस्ट्रेलिया आइपुगेपछि अभियानका विस्व संयोजक इ रामकुमार श्रेष्ठद्धारा सामुदायिक केन्द्रलाई हस्तान्तरण र वुद्ध जन्मस्थल नेपालको लुम्बिनीको उक्त पवित्र माटो मेलबर्नमा निर्माण गरिने सामुदायिक केन्द्रमा बिशेष शोकेसमा वुद्ध नेपालको लुम्बिनीमा जन्मनु भएको जानकारी सहित सजाएर राख्ने ब्यबस्था गरिनेछ ।

कार्यक्रमको भिडियो
https://youtu.be/nbgpb_1gSfQ

Leave a Reply

%d bloggers like this: