मनकामना महिला समूह वेस्ट ब्रोव्मिच ले १०८औ नारी दिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न गर्यो (भिडियो सहित)

मनकामना महिला समूह वेस्ट ब्रोव्मिच ले १०८औ नारी दिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न गर्यो । सस्थाकि अध्यक्ष श्रीमती राधा खरेलको सभापतित्वमा, श्रीमती सिता खरेल प्रमुख अथिति, NRNA ICC सहकोसादध्यक्ष श्री सोमनाथ सापकोटा बिशेष अतिथि, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष श्री कृष्ण ढकाल, शिर्जनसिल महिला समूहकि प्रतिनिधी श्रीमती जयन्ति थापा, गल्कोट समाजकि प्रतिनिधी श्रीमती दिपा साहनी, नौमती बाजा संयोजक श्री नारायण बुढाथोकी, समाजसेबी तथा बुध्दिजिबी श्री भुपेन्द्र पाठकको आतिथ्य रहेको उक्त कार्यक्रममा सभापति श्रीमती राधा खरेल र प्रमुख अतिथि श्रीमती सिता खरेलले दिप प्रज्लन गरि कार्यक्रमको सम्उदघाटन गरिएको थियो।

ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट मौन धारण गरि राष्ट्र र राष्ट्रियताको सम्मानको लागि राष्ट्रिय गान गाई कार्यक्रमलाई अगाडी बढाइएको कार्यक्रममा सस्थाकी सचिब श्रीमती सुनिता तिवारीले कार्यक्रमको संचांलन गर्नुभयो भने सस्थाकि उपाअध्यक्ष श्रीमती देवी सापकोटाले स्वागत मन्तब्य दिनुभएको थियो र साथमा स्वागत गीत पार्वती भण्डारी, कोपिला भुसाल, पुनम सापकोटा र नृत्यमा गोमा घिमिरेले उपस्थित सबैलाई सम्मान गर्नुभएको थियोl १२० भन्दा बढी महिला दिदि बहिनीहरु तथा दाजु भाई उपस्थित रहेको उक्त कार्यक्रममा NRNA ICC सहकोसादध्यक्ष श्री सोमनाथ सापकोटा, श्री कृष्ण ढकाल, श्रीमती देबी साहनी, श्री भुपेन्द्र पाठक, श्रीमती जयन्ति थापा र श्रीमती सिता खरेल ले उक्त कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा नौमती बाजाका साथै समुहकि सदस्य अन्जु पाठक, समुहकि कोसादध्यक्ष सिता अर्याल खरेलको नृत्यले र सिता पौडेलको कविताले कार्यक्रमलाई भरपुर मनोरंजन दिएको थियो भने श्रीमती जयन्ति थापाको कविताले सबैको मनमुटु छोएको थियो।कार्यक्रममा उपस्थित सबैले नारीहक अधिकारका नाराहरुलगाई एकतामा बल भएको कुरा प्रस्ट पार्नु भएको थियो । कार्यक्रमकि सभापति श्रीमती राधा खरेलले छोटो समयमा आयोजना गरिएको यस कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाई भब्य र सब्य बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै महिलाहरुलाई आर्थिक सामाजिक र शैक्षिक स्तर बृध्दिगरि महिला ससक्तिकरडमा जोड दिनु आजको अबस्कता रहेको र महिला श्रृष्टि कर्ता र जगत जननी हो भन्दै औपचरिक कार्यक्रम समापन भएको घोसणा गर्नु भएको थियो ।

उक्त कार्यक्रम बिहान ११ बजे सुरु भई दिउँसो २ बजे समापन गरिएको थियो भने हलको ईस्पन्सर श्री प्रकाश तिवारी ज्युले र चिया-खाजाको व्यवस्था श्री ध्रुब खरेल ज्युले गर्नु भएको थियो| कार्यक्रममा नौमती बाजामा कम्मर म्रकाई- म्रकाई नाच गान गरी कार्यक्रम पूर्ण मनोरंजनका साथ नारी दिवस सम्पन्न भयो ।