लक्ष्मी जोशी अखिल क्रान्तिकारीको उपमहासचिवमा मनोनित

अखिल क्रान्तिकारिको प्रथम पुर्ण बैठक द्रारा लक्ष्मी जोशी उप महासचिव सहित ६,७ प्रदेशको इन्चार्जमा मनोनित भएका छन । पार्टी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायण काजी श्रेष्ठ, फ्राक्सन इन्चार्ज हितमान शाक्य सहितको सम्बोधन रहेको उत्त बैठकले पार्टी एकता र धुर्विकरण सहितका २६ जनालाइ पदाधिकारी सहित केन्द्रिय सदस्यमा मनोनित गरिएको छ । यसै बैठकबाट नयाँ शक्ति बिद्यार्थी युनियन बिद्यार्थी बिभाग प्रमुख लक्ष्मी जोशी उप महासचिव, यसै गरि अरबिन्द्र भट्टराई, चन्द्र लामा, अशोक धामि, कमल भुसाल, वीर ब. धामी,दमन सिंह रोकाया,पधम नेपालि केन्द्रिय सदस्यमा मनोनित गरिएको छ । बैठकको अध्यक्षता संगठनका अध्यक्ष रन्जित तामाङ्ले गरेका थिए भने बैठक सन्चालन संगठनका महासचिव उत्तम अधिकारिले गरेका थिए । बैठकमा अखिल सङको एकता, संगठन बिस्तार, नीति तथा कार्यक्रम लगायतका विषयहरुमा छलफल भएको थियो ।