Tuesday , September 26 2017
Breaking News

कञ्चनपुरमा नेपालीमाथि एसएसबीले गोली नचलाएको भारतको दावी (बिज्ञप्तिसहित)


कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले गोली चलाएको छ र गोली लागेर गोविन्द गौतमको मृत्यु भएको कुरालाई भारतीय राजदुतावासले अस्विकार गरेको छ ।
नेपाल स्थिति भारतीय राजदुतावासको आधिकारिक फेसबुक पेजमा सो घटनाबारे आफ्नु धारणा जारी गर्दै सो स्थानमा एसएसबीले गोली नै नचलाएको जनाएको छ । सो सम्बन्धित जिल्ला अधिकारीलाई घटना साम्य पार्नु निर्देशन दिएको पनि जनाएको छ ।

एसएसबीको गोलि लागि मृत्यु भएका नेपाली गोविन्द गौतम माथि तस्बीरमा
कञ्चनपुरको सीमा क्षेत्र घटनाको यति समय बितिसक्दा पनि नेपाल सरकार र दिल्ली स्थिति नेपाली राजदुतावासले कुनै प्रतिक्रिया दिएको छैन ।

Leave a Reply