वुद्ध नेपालमा जन्मेका हुन, वुद्ध नेपालमा जन्मेका होइनन:

राम कुमार श्रेष्ठ,
वुद्ध नेपालमा जन्मेका हुन, वुद्ध नेपालमा जन्मेका होइनन: बिशेष गरी अगस्ट २०१० मा तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई नेपाल सरकारले बिभिन्न देशको पाठ्य पुस्तकमा भएको गलत जानकारी सच्याउन बिभिन्न देशमा भएको कुटनीतिक नियोग मार्फत नेपाल सरकार कृयाशिल हुनुपर्छ भन्ने सुझाब सहितको ज्ञापनपत्र बुझाएदेखि वुद्ध नेपालमा जन्मनु भएको बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रम निस्तेज पार्ने काममा लागिपरेको विस्वब्यापी अभियान सामाजिक सन्जालमा कम देखा पर्ने गर्छ समस्याको जरो नै त्यही भएको र त्यस्को लागि हल्ला बढी गर्नु आबस्यक नभएकोले । सो ज्ञापनपत्रमा अभियानको तर्फबाट मैले हस्ताक्षर गरे तापनि सो बुझाउन जानेमा पूर्व मन्त्रीद्धय राजेन्द्र श्रेष्ठ र दीपकुमार उपाध्याय, डा आरजु देउवा राणा, स्व प्रो डा कविताराम श्रेष्ठ लगायतका ब्यक्तिहरु हुनुहुन्थ्यो ।

अनौठो कुरो के पनि हो भने वुद्ध जन्मस्थल बिषयमा यदाकदा चर्को रुपमा देखा पर्ने बिबादास्पद काम कुरोमा नेपालीहरुका बीच कन्फ्युज्ड स्थिति सिर्जना गर्न नेपालीहरुका तर्फबाट नै देखा पर्नेहरु प्रायश कलमकर्मीहरु नै देखा परिरहेका छन र दिग्भ्रमभित्र दिग्भ्रम सिर्जना गर्न प्रयाश गरिरहेका छन । यसरी दिग्भ्रमभित्र जे जस्ता दिग्भ्रम सिर्जना गर्ने प्रयास गरिएका छन, त्यसबारे स्पस्टता कायम गर्नका लागि प्रयास गर्नु पर्ने आवश्यकता महसूस गरिएकोले आगामी दिनमा यस्का लागि समय खर्चनेछु ।

अभियानको अर्को महत्वपूर्ण धारणा के छ भने यो एक्काइसौं शताब्दीमा छिमेकीले अर्को नक्कली कपिलवस्तु नै बनाओस वा केही नक्कली लुम्बिनी नै बनाओस, त्यस्ले उस्को भित्री नियत अनुरुपको प्रयास दुस्प्रयासभन्दा बढी केही हुनेछैन नेपाल सरकार यो बिषयमा एक किसिमले मौन नै रहे तापनि । र, नेपालका तर्फबाट पनि जतिसुकै हस्ताक्षर संकलन गरे तापनि वा जति वटा रेकर्ड गिनिज बुकमा राखे तापनि शक्ति खर्चे अनुरुपको उपलब्धी हासिल हुनेछैन भलै त्यस्का केही सकारात्मक असर भने पर्ने छ नै । किनकि यस्ले समस्याको जरो नै उखेल्ने काम भने गर्नेछैन । हाम्रो उद्धेस्य जरो नै उखेल्नेतिर नै लक्षित हुनुपर्छ र नेपाल सरकारमा नै स्पस्टताको अभाब भएको देखिन्छ यस सम्बन्धमा ।

केही ब्यक्तिहरु कुनै काममा अलिकति सहभागिता जनाएको आधारमा त्यस्को पुरै जस आफूले लिने किसिमले सस्तो लोकप्रियताको लागि लागिपरेको पनि देखिन्छ । कोही ब्यक्ति वा संस्थाले स-प्रमाण सामग्रीहरु सार्वजनिक गरिदिंदा भुइंको टिप्न खोज्दा पोल्ठाको पोखिने कुरामा उनीहरु संबेदनशील देखिन्नन । यो राम्रो होइन ।