छविलाल अर्याल ग्लास्गो नेपाली एसोसिएशनको अध्यक्षमा निर्वाचित

कृष्ण देवकोटा / स्कटल्याण्ड युके,

बेलायत । ग्लास्गो स्थित नेपाली कम्यूनिटी हलमा गत आईतबार बिहान ग्लास्गोको जेठो नेपाली संस्था ग्लास्गो नेप्लिज एसोसिएशनको अधिवेशन सम्पन्न भएको छ।
एसोसिएशनका निवर्तमानअध्यक्ष दिलु गैरेको सभापतित्वमा आयोजित कार्यक्रममा ग्लास्गोका विभिन्न क्षेत्रबाट नेपालीहरुको उपस्थिती रहेको थियो।
अधिवेशनमा अध्यक्षले पूरानो समिति बिगठन गरेर नयाँ समिति निर्माण प्रकृया सुरु भएको हो । जिएनएले गरेको उमेदवारी आव्हानमा तीस जनाको उमेदवारी दर्ता भएको थियो। जसमध्य चार जना अध्यक्ष पदका लागी दावेदारी थिए। त्यसैले पहिलेको भन्दा यस पटकको अधिवेशन रोचक र सवैको चासोको विषय बन्न पुग्यो। तीसजनाको बन्द सत्र भित्र भएको समझदारीपछि कोषाध्यक्ष छवीलाल अर्याल अध्यक्ष पदमा चयन भएका हुन्। सोही भेलाले विधिवत चौध सदस्यीय कार्यसमिति र सात सदस्यीय सल्लाहकार समिति समेत चयन गरेकोछ । जस मध्य उपाध्यक्षमा संजय राउत, गोविन्द देवकोटा र भोजराज खरेल चयन भएका छन्। त्यसै गरी सचिव डली भट्ट ,सह सचिव सजना गैरे, कोषाध्यक्ष नरेशवर खरेल, सह कोषाध्यक्ष शुसीला गैरे र सदस्यमा क्रमश भीम सापकोटा, पूर्ण कंडेल, टंक सापकोटा, राजेन्द्र कंडेल र सागर खत्री चयन भए।

समितिमा सात सदस्यीय सल्लाकार रहने प्रावधान भएकाले रामप्रसाद कंडेल, कृष्ण देवकोटा, सरोजा अर्याल, दिलु गैरे, कृष्ण दाहाल, दिलाराम गैरे र मिनप्रसाद खरेललाई मनोनित गरियो।
नवगठित कार्यसमितिमा पूर्व कोषाध्यक्षले अध्यक्षमा फट्कोमारे भने उपाध्यक्षमा संजय राउत, गोविन्द देवकोटा र भोजराज खरेल तीनै जना नयाँ अनुहारहरु देखापरे । त्यसैगरी सचिव डली भट्ट र कोषाध्यक्ष नरेश्वर खरेल नयाँ अनुहार हुन् भने सह सचिव सजना गैरे र सहकोषाध्यक्ष शुशीला गैरे भने यथास्थितिमै कायम रहे। सदस्य पदमा टंक सापकोटा पुराना हुन भने भिम सापकोटा, पूर्ण कंडेल, राजेन्द्र कंडेल र सागर खत्री नयाँ हुन्। पुरानो समितिमा भन्दा नयाँ समितिमा महिलाहरुको समावेसी कम देखिएको छ। छैंटौं कार्यकालमा महिलाहरुको संख्या पाँच थियो भने अहिले घटेर तीन भएको हो।

सरोजा अर्याल दिलु गैरेले संचालन गरेको उक्त कार्यक्रममा अध्यक्ष दिलु गैरेले संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत गरे भने संस्थाका कोषाध्यक्ष छविलाल अर्यालले आर्थिक विवरण सुनाए।सभालाई संवोधन गर्दै कृष्ण देवकोटा, देव केसी, गोविन्द देवकोटा राजप्रसाद कंडेल र संजय राउत लगाएतले संस्थाका बारेमा आ आफ्ना बिचार राखे । कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्याक्ष अर्यालले संस्थाको विगत राम्रो भएको दावी गर्दै आफ्नो नेत्रित्वको कार्यकाल पनि तारिफ गोग्य हुने बताए।

जिएनएलाई फर्केर हेर्दा

सन् २००९ मा विष्णु भक्त महर्जनको नेत्रित्वमा स्थापना भएको ग्लास्गो नेप्लिज एसोसिएशनको दुईवटा कार्यकाल विष्णु भक्त महर्जनको नेतृत्वमा रहयो त्यसपछिको दुई कार्यकाल मोहन कार्कीको नेत्रित्वमा रहयो त्यसै गरि पाँचौ र छैटौं कार्यकाल दिलु गैरेले सम्हाले भने सातौं अध्यक्षका रुपमा छवीलाल अर्याल चयन भएका छन्।