आज फेरी अर्की चेलीको उद्दार, अहिले सम्म ५८ चेली हरु नेपाल पुगी सके : आङकामी शेर्पा (भिडियो सहित)

यो कस्तो बिडम्बना, कति चेली हरु खाडीमा दलाल बाट बेचिएर यसरी बस्न बाध्य भएका छन् यो कुनै नौलो कुरा होइन | आज फेरी आङकामी शेर्पाको सहयोगमा अर्की बेचिएकी चेलीको उद्दार भएको छ |पिडित चेली आफ्नो दुख: पिडा लाइव भिडियो मार्फत पोख्नु भएको छ | आङकामी शेर्पा अमेरिकामा बस्दै आय पनि उहाको सामाजिक सेवा नेपाली हरुको लागि एकदमै मर्मस्पर्सी छ | दलाल बाट बेचिएका अहिले सम्म ५८ चेली हरु लाइ उहाले उद्दार गर्न सफल हुनु भएको छ |

विदेश जादा महिला दिदीबहिनीहरु सचेत हुनु जरुरी छ । आफ्नै आफन्तहरुबाट ठगि भइ रहेको घटनाहरु दिनानुदिन आउने गर्छ । लोभ लालजमा नपर्नु होला, विदेश भनेको जस्तो सजिलो छैन । विदेशी भुमिमा महिला दिदीबहिनीहरु सुरक्षित छैनन । घरेलु हिसांको सिकार हुनु परेको कयौँ घटनाहरु मैले देखेको छु उद्धार पनि गरेको छु ।
विदेश जानु भन्दा आफ्नै देशमा सानो काम गरेर बसे त्यसले जिविकोपार्जन गर्न सकिन्छ । खाडी मुलुकमा महिला जानु भनेको आफ्नो जिवनलाई अप्ठ्यारोमा पार्नु जिवन जोखिममा पार्नु हो । खाडी मुलुकमा घरेलु हिसांको सिकार र दर्जानौ दिदीबहिनीहरु मलिकबाट बलत्कृत हुनु परेको छ ।
उदाहरणको रुपमा सरिता राइको घटनालाई हेर्न सकिन्छ । उनले इराकमा २ बर्ष काम गरिन पछि घर जाने भनी भन्दा उनलाई जान दिएन उनी घरबाट भागिन भागेर एजेण्डमा पुगिन एजेण्डले उनलाई फेरि पहिला काम गर्ने घरमा पु¥याइ दियो । उनलाई घरको मलिकले किन भागेको भनी कुटियो । मालिकको कुटाइबाट उनको खुट्टा र ढाड भाचिएको छ । उनलाइ सहयोग गर्नका लागि ९८४०२६८७७३ मा सम्पर्क गर्न सकिन्छ । यो घटनाबाट सबैले पाठ सिक्नु पर्छ । हाम्रा नेपाली दिदिबाहिनीहरु सचेत हुन जरुरी छ । सरिता राइ एक उदाहरण हुन यस्तो घटना दिनानुदिन घटी रहेको हुन्छ । यसबाट चेतना जागृत भइ सचेत हुन जरुरी छ ।

आङकामी शेर्पा संग जोडिन यो लिंकमा थिच्नु होला