Saturday , September 23 2017
Breaking News

विश्व क्रिकेट लिग च्याम्पियनसिपः केन्यालाई ७ विकेटले हराउदै नेपाल विजयी

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको केन्याविरुद्धको नेपालले सात विकेटको जीत निकालेको छ । यसअघि ब्याटिङ गरेको केन्याले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो । यो खेलको जीतस‌ंगै नेपालले विश्व च्याम्पियनसीपमा ८ अ‌ंक जोडेको छ । नेपालले केन्यालाई ४६.१ ओभर खेलेर १५५ रनमा अल आउट गरेको  थियाे ।

शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको थियाे । टस जितेर बलिङ रोजेको नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले लिएका थिए ।

कान्तिपुरबाट

 

३० फाल्गुन २०७३

Leave a Reply