‘हाईस्कुल’को टिम ‘ट्वान्टी फस्ट लभ’मा (हेर्नुहोस् भिडियो )

युवा पुस्ता माझ वेब सिरिज लोकप्रिय हुदैँ गएको छ । यही लोकप्रियतालाई लक्षित गरी ‘ट्वान्टी फस्ट लभ’ नामक सिरीज मार्च ८ बाट कान्तिपुर टेलिभिजनमा र युट्युबमा प्रसारण हुने भएको छ ।

पछिल्लो समय ‘हाईस्कुल’ वेब सिरिज बाट चर्चामा आएका कलाकारहरु पुन नयाँ सिरिज ‘ट्वान्टी फस्ट लभ’ मा देखिने भएका छन् । सरिन पोखरेलको निर्देशन र कथामा, मिलन शङ्कर र ज्ञानेन्द्र शर्माको छायाङ्कन रहेको छ भने सिरिजलाई ईश्वर गुरुङले निर्माण गरेका हुन् ।

उक्त सिरिजमा कार्टुन क्रु का सरोज र आश्मासँगै अनुष्का अधिकारी, संयोग गिरी, विजय अधिकारी, निशान्त सुवेदी, दृशी श्रेष्ठ,पवन शाक्य, अञ्जन शर्मा, राधा श्रेष्ठ, खगेन श्रेष्ठ, कमल अधिकारी र रश्मि भट्ट लगायतका कलाकारहरुको अभिनय गरेका छन् ।

प्रस्तुत छ ‘ट्वान्टी फस्ट लभ’ टिमसँग अदिती पौडेलले गरेको कुराकानी