Friday , December 15 2017
Breaking News

पहाडी मुलका नेपाली नक्कली नागरिक हुन् !

ठुला पार्टी र तिनीहरुका नेताहरुलाई के कुरा साचो र झुटो हो, केहि कुराको मतलब छैन । उनीहरुका सबै कुराहरु कौडीको मुल्यमा मात्र हैन कि, बिदेशीको दासतामा लगाउन मात्र पाए पनि खुसि छन् । त्यसैले यहाँ ६ महिना देखि १ बर्षमा सरकार परिबर्तन हुने गर्छन । प्रतेक पटक सरकार परिबर्तनसंगै देशका साधन स्रोत हाम्रो नै घाटी समात्ने गरि बिदेशीको पोल्टामा पुग्ने गर्छन ।
देशका बुद्दिजिबि, ठुला पार्टी र तिनीहरुका नेताहरुलाई आफ्नो मात्र चिन्ता छ, किनभने उनीहरु बिशेषगरि पहाडी मुलका बंशजका आधारमा नेपाली नागरिकताधारी बास्तबिक रुपले नक्कली नागरिक हुन् ! तिनीहरु तराइ देखि तिब्बतका सिमा नजिकका झुपडीहरुमा हैन, नेपालको नक्कली सत्ताको वरिपरि घुम्दै सक्कली राज्य सत्ताको दोहन गरिरहेका छन् । त्यसैले देश निर्माण गर्ने बास्तबिक शक्ति अहिले नेपालको सत्तामा हैन, नक्कली सत्ताको झातोमुनी पिल्सिरहेका छन् ।
हामी सामान्य जनतालाई मात्र देशको चिन्ता छ । तर अचम्मको कुरा त के छ भने, तिनै देशद्रोहिहरुले (नक्कली नागरिकहरु) सामान्य जनताहरुलाई सजिलै विभाजित गरि कतै वाह–वाह त कतै छि–छि र दुर–दुर गराउन सफल भैरहेका छन् । अर्थात् हामी तिनीहरुको अनेक प्रकारका जाली कुराहरु सुनेर वा जानेर पनि विभाजित छौ ! कैयौ पटक हामीसँग विकल्पहरु आए । तर हामीले त्यसको सहि सदुपयोग गरेनौ वा गर्न सकेनौ । यहि बिभाजन हाम्रो अभिसाप हो । जबसम्म हामी यो अभिसापमा अभिसप्त भैरहने छौ, तब सम्म देश बन्ने छैन ।
नेपाल किन बनेन हैन कि, नेपाल कहिले बन्छ भनेर सोच्न जबसम्म सुरु गर्दैनौ, तब सम्म देश अझै रसातल तिर नै जाने छ । आफ्नै नक्कली नेताको चक्रब्यूमा फँसेको देशको नागरिक हुनु भन्दा तिनीहरुका बिरुद्द जेहाद छेड्नु सजिलो र गौरबपूर्ण हुने गर्दछ । कार्लमार्सले भने जस्तै, हामीले गुमाउने कुरा केहि छैन तर जित्नको लागि सिंगो नेपाल छ ।

-आम्बरिश पोखरेल    – धौलागिरीअनलाइन बाट साभार ; 

Leave a Reply

%d bloggers like this: