Sunday , December 17 2017
Breaking News

अमेरिकामा कराते खेलाडी ठकुरीको प्रथम खुकुरी काता प्रदर्शन को साथै दाँत द्वारा १ सय ४० पाउण्ड उठाए

विजय थापा ,वाशिंगटन डिसी

भूतपूर्व सितेरियो खेलाडी हाल अमेरिकन मरिन गोजु कराते दुई डान उज्जवल ठकुरीले अमेरिकामा पहिलो पटक खुकुरी काता प्रदर्शन को साथै दाँत द्वारा १ सय ४० पाउण्ड उठाएका छन् l

झन्डै डेढ दशक देखि अमेरिकाको डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ठकुरीले मार्च ११ तारिख ,२०१७ मा साउथ क्यारोलिनामा आयोजना भएको ४३ औ युनिभर्सल मार्सल आर्ट्स प्रतियोगितामा ५ वटा बेजोड प्रस्तुति गर्दै नेपाल र नेपालीको पहिचान र शान बढाउन सफल भएका छन् l

उक्त बिशाल प्रतिस्प्रद्धात्मक प्रतियोगितामा करिव ३ सय जना खेलाडीहरुको सहभागिता रहेको अमेरिका कै उत्कृष्ट प्रतियोगितामा ८ मिनेटमा ५ वटा आफ्नो कला प्रस्तुति गर्न सफल भएका छन् l उनले प्रथम भ्यानडम शैलीमा १ मिनेट भित्र दाँतले ४० पाउण्ड उठाई २० वटा टायल्स (झिंगटि) ,दोश्रो भ्यानडम शैलीमा १ सय पाउण्ड दाँतले १० सेकन्डमा ,तेश्रो ठकुरीले आफ्नै शैलीमा निर्माण गरेको खुकुरी काता प्रस्तुत गरेका थिए ​l​

यसै गरि उनले चौथो ,भ्यानडम शैलीमा शरीरमा २० पाउण्ड राखी १० सेकन्डमा तेन्शो काता प्रदर्शनको गरे भने अन्तिम पाँचौ मा भ्यानडम शैलीमा १ सय ४० पाउण्ड दाँतले उचाली साहसिक प्रदर्शन गरेका थिए l उनले उक्त प्रतियोगितामा आफु भन्दा ठुलो उचाई भएको ७ फिट लामो पदक तथा ५ वटा प्रशंसा पत्र प्राप्त गरेका छन् l

उनले गत महिना अमेरिका गट ट्यालेन्टमा छनौटको लागि पेनसेलभेनियामा प्रस्तुत गरि सकेका छन् भने गिनिज बिश्व पुस्तकको लागि भिडियो (श्रब्य दृश्य ) पठाएका छन् भने हाल उनि त्यसको परिणाम को प्रतिक्षामा रहेका छन् l

ठकुरी उमेरका खेलाडीहरु यो उमेरमा अवकास लिने अवस्थामा हुन्छन् भने उनि उमेरले बृद्ध नहुने मान्यतामा बिश्वास राख्दछन l यसको साथै उज्जवल ठकुरी गिनिज बुक अफ वर्ल्ड रेकर्डको नजदीक पनि रहेका छन l त्यसको लागि उनले सम्पूर्ण कागजात पठाई सकेका छन भने केहि समय भित्र नतीजा प्रतीक्षामा रहेको बताएका थिए l

ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदक हात पारि सकेका छन् l ठकुरीले अमेरिकाका सात वटा राज्यहरु साउथ क्यारोलिना ,नर्थ क्यारोलिना ,भर्जिनिया ,डीसी ,मेरिल्याण्ड ,पेनसेलभेनिया ,न्युजर्सी तथा न्युयोर्कमा कराते खेलमा पदक प्राप्त गर्ने नेपाली मुलका खेलाडी भएका छन् l

Leave a Reply

%d bloggers like this: