दवंग शो रद्द भएर सलमानको वार्षीक कमाईमा कुनै असर गर्दैन, घाटा नेपाललाई र नेपाली कलाक्षेत्र लाई नै हो ।

निलम ढुंगाना
”सलमान खान एउटा कलाकार मात्र भैदिएको भए उनको समयको मुल्य यती महंगो हुने थिएन । सलमान एउटा ब्राण्ड हुन । उनको नेपाल बारे एक सानो टुइटले पनि नेपालको पर्यटन क्षत्रलाई ठुलै टेवा पुग्थियो र यो संगै उनि नेपाल आउदा एउटा ब्यक्ति होईन सिंगै कम्पनि नेपाल आउथ्यो, एउटा ठुलो समुह सायद सिंगै जहाज ओगटेर काठमाडौ उत्रन्थ्यो । कलाकारीता क्षेत्रको लागी सर्वसाधारणको लगानी चलायमान हुन्थ्यो । एउटा ईभेन्टको लागी सर्वसाधारणको १२ करोड रुपैयाँ बजारमा निस्कनु चानचुने कुरा होईन । यसरी नै विस्तारै हाम्रा कलापारखी दाजुभाई दिदीबैनीहरुले स्वदेशी कलाकारका शोका टिकट पनि साविक भन्दा महंगोमा किन्ने र हेर्ने ट्रेण्ड को विकाश हुने सम्भावना देखीन्थ्यो । तर त्यसो हुन पाएन ! यही कारण हुन सक्छ नेपालमा गीत संगीत किनेर सुनिदैन, नाटक घरका कुर्सीहरु रित्तै हुन्छन र नेपाली सिनेमा चल्दा हलको अकुपेन्सी निकै कम हुन्छ ।
कलाकारको कलाकारबाटै विरोध हुनु राम्रो कुरा होइन! दवंग शो रद्द भएर सलमानको वार्षीक कमाईमा कुनै असर गर्दैन, घाटा नेपाललाई र नेपाली कलाक्षेत्र लाई नै हो ।”
“अतिथि देबो भव”