अन्तिम पटक यसरि सजाइयो श्री देवीलाइ, अन्तिम शव यात्रा (भिडियो सहित )

श्री देवीको अन्तिम शव यात्रा
बलिउडकी प्रथम फिमेल सुपरस्टार श्री देवीको श्रीदेवीको मृत्यु शनिवार स्थानिय समय अनुसार राती साढे ११ बजेको भएको थियो । दुबईको जुमैरा एमिरेट्स टावर होटलको रुम नम्बर २२०१ मा उनको मृत्यु भएको हो ।
मंगलबार राती उनको पार्थिव शरिरलाई दुवईबाट मुम्बईस्थित उनको घर ग्रिन एकर्समा लगिएको थियो । भने
श्रद्धान्जलीका लागि आज श्रीदेवीको पार्थीव शरिरलाई सेलिब्रेशन स्पोट्र्स क्लबमा राखिएको थियो । श्रीदेवी सेतो रंग मन पराउँथिन् । उनी आफ्ना परिवार र इष्टमित्रलाई अन्तिम समयमा सेतो रंगको होस् भन्ने गर्थिन् । यही कुरालाई ध्यानमा राखेर सेलिब्रेसन क्लबमा सम्पूर्ण तयारी गरिएको छ । सेतो पर्दा, सेतो फूल । सबै सेतो बस्तु बाट क्लबलाई सजाइएको छ ।

https://youtu.be/TuU7QgDptwQ

https://youtu.be/utfuVcPmu_g