बिहे गरेर पनि श्रीदेवी र मिथुन अलग-अलग बस्नुको कारण के थियो ? (भिडियो सहित)

बलिउडको चर्चित प्रेम-सम्बन्ध मध्ये एक हो श्रीदेवी र मिथुन चक्रवर्ती बिचको प्रेम सम्बन्ध।

असीको दशकमा मिथुन र श्रीदेवी ‘जाग उठा इन्सान’ फिल्मको सुटिङको क्रममा एक- अर्कासँग नजिकिएका थिए।पहिला साथी त्यसपछि प्रेमी-प्रेमिका र पछि गुपचुप बिहे समेत गरे।

मिथुन श्रीदेवीको प्रेममा यति डुबेका थिए कि उनले आफू विवाहित भएको समेत बिर्सन थाले।मिथुनको बिहे योगीता बालीसँग भइसकेको थियो।

श्रीदेवी मिथुनले आफ्नी पत्नी योगितासँग डिभोर्स गरेर आफूलाई घरमा भित्र्याउन भन्ने चाहान्थिन् तर जब योगिताले मिथुन र श्रीदेवीको गोप्य सम्बन्धबारे थाहा पाइन् उनले मिथुनलाई श्रीदेवीसँग अलग रहन दबाब दिन थालिन्। मिथुनले श्रीदेवीसँग अलग हुन नमानेपछि योगिताले आत्महत्या गर्ने समेत धम्की दिइन्।

मिथुन र श्रीदेवी झन् धेरै नजिकिन थालेपछि योगिताले आत्महत्याको कोसिश समेत गरिन्।

पत्नी योगिताले आत्महत्या गर्ने कोसिश गरेपछि मिथुन बाध्य भएर श्रीदेवीसँग टाडा हुन थाले।

सन् १९९६ मा श्रीदेवीले निर्माता बोनी कपुरसँग बिहे गरिन्।

प्रकाशित मिति : २०७४ पुष १३,आइतबार