दुखद खबर ! नेपाल आइडल संकटमा

काठमाडौं । एपीवान टेलिभिजनले नेपाल भित्र्याएको नेपाल आइडल शोको आगामी संस्करण संकटमा परेको छ । पहिलो संस्करणमा सहभागि निर्माण र निर्देशन टिमका अधिकांश सदस्य बाहिरिएपछि नेपाल आइडल संकटमा परेको हो ।

पहिलो संस्करण सम्पन्न भए लगत्तै लक्ष्मण पौडेल,सुशिल नेपाल,विशाल भण्डारी लगायतका टिम सदस्यहरुले नेपाल आइडल परित्याग गरेका थिए । क्रियटिभ टिमका अधिकांश सदस्यहरुले छोडेपछि एपीवान समस्यामा परेको टेलिभिजन निकट स्रोतले बताए । नेपाल आइडल नसकिदै घोषणा गरिएको डान्सिङ रियालिटी शो बुगीवुगी अझै शुरु गर्न सकेको छैन । तर एपीवानले नेपाल आइडल २ कालागि आफ्नो पत्रिका अन्नपूर्ण पोष्टबाट टिजर क्याम्पेनिङ भने शुरु गरिसकेको छ ।
यसैबीच नेपाल आइडलबाट बाहिरिएका पौडेल र नेपाल लगायतका टिमले अर्को चर्चित रियालिटी शो ‘द भ्वाइस’ नेपाल भित्र्याउने अन्तिम तयारी गरेका छन् ।[youtube https://www.youtube.com/watch?v=qXfgauH2afk]

विश्वकै चर्चित र महंगो भनिएको रियालिटी शो ‘द भ्वाइस’ नेपाल ल्याउन लागेको खबरले नेपाली संगीत क्षेत्रमा तरंग उत्पन्न भएको छ । ‘द भ्वाइस’लाई नेपाल भित्राउनका लागि औपचारिक संझौता समेत भैसकेको छ । ‘द भ्वाइस’ नामक रियालिटी शो अमेरिका, अफ्रिका, नेदरल्याण्ड, अष्ट्रेलिया, भारत’ लगायतका १९२ देशमा भव्यताका साथ सफल भैसकेको छ ।

‘द भ्वाइस’ टिममा फिरोज तिमिल्सिना, शिवराम श्रेष्ठ, राज कार्की, सोहन मानन्धर लगायत पनि सहभागि छन् । शोका लागि हाल सेट निर्माण भैरहेको छ ।