आजका प्रमुख पाँच समाचार भिडियोमा हेर्नुहोस्

आज बिशेषत: प्रदेश ६ को नाम कर्णाली र राजधानी सुर्खेतको बिरेन्द्रनगरलाई बनाउने प्रस्ताव पारित भएको समाचार मुख्य रुमपा रहेको छ । देशमा रहेका ७ प्रदेश मध्ये प्रदेश ६ ले मात्र नाम र राजधानी तय गरेको हो । संसदको बैठकमा सबै दलको सहमतीमा नाम र राजधानी तोकिएको हो । त्यस्तै प्रा. डा. गोबिन्द केसीले प्रधानन्ययाधिस गोपाल पराजुलीको बारेमा माईतिघर मण्डलामा बोलेका कुराहरुले पनि स्थान पाएका छन् । प्रचण्डले सोमबार मात्र माओवादीले मन्त्री सरकारमा पठाउने भनेको बिषयलाई पनि बिभिन्न संचार माध्याम, अनलाईनहरुले स्थान दिएका छन् । केपी शर्मा ओलीको मन्त्री परिषद् जस्तै नेपाली काँग्रेसले पनि छायाँ मन्त्रीमण्डल बनाउने आनौठो तरीका अपनाएको समाचार लगायतका मुख्य पाँच समाचार रहेका छन् । हेरौं आजका मुख्य पाँच समाचारहरु भिडियोमा ।