छोरा प्रकाशको अभाब हुन् न दिन प्रचण्डले बनाउने भए आफ्नै बुहारीलाई मन्त्री !कुन मन्त्रालय सम्हाल्दै ?पढ्नुहोस

काठमाडौं । वाम गठबन्धनमा रहेको माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । विहिबार बसेको केन्द्रीय कार्यालयको बैठकमा सहमति जुट्न नसकेपछि मन्त्रीको नाम टुंगो लगाउने जिम्मा तीन शीर्ष नेतालाई दिइएको थियो ।

दाहालको निजी निवास खुमलटारमा बसेको बैठकले सातै प्रदेश तथा जातीय, क्षेत्रीय सन्तुलन, समावेशीकरण जस्ता विषयलाई मध्यनजर गर्दै मन्त्रीहरुको सूची तयार पारेको बताइएको छ ।

आकाँक्षी धेरै भएकाले यो पल्ट अनुभव भएका र काम गरेर परिणाम निकाल्न सक्ने नेताहरुलाई तोकिएको छ । मन्त्रीहरुको नामसँगै उनिहरुले सम्हाल्ने मन्त्रालय पनि लगभग टुंगो लागेको बताइएको छ । तर, कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने बाहिर भनेको छैन ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, वर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मातृका यादव, विना मगर र अमनलाल मोदी मन्त्री हुने भएका छन् । प्रदेश १ बाट मोदीको विकल्पमा सुदन किराती वा सुरेशकुमार राईको नाममा समेत छलफल चलिरहेको बताइएको छ ।

प्रदेश २ को प्रतिनिधित्व मातृका यादव र गिरिराजमणी पोखरेल, ३ बाट रामबहादुर थापाले गरेका छन् । प्रदेश ५ बाट वर्षमान पुन, ६ बाट शक्तिबहादुर बस्नेत तथा प्रदेश ७ बाट विना मगर मन्त्री हुने लगभग पक्का भएको छ ।