काठमाडौंका धराप घरहरु (भिडियो कथा)

करिब तीन वर्षअगाडि नेपालमा गएको भूकम्पले नेपालीको जनजीवन अस्तब्यस्त बनायो । हजारौं घरहरु भत्किए । यति नै मात्रामा घरहरु धराप भए । धेरै घरहरुमा मान्छे बस्न नै नहुने अवस्था भयो ।

भूकम्पपछि धेरै नेपालीहरु घरबारबिहीन भए । घर बिहीन भएकाहरुलाई नेपाल सरकारले घर बनाउन तीन लाख अनुदान दिन सुरु गर्यो । यस अनुदानसँगै गाउँघरमा सरकारी नियमअनुसारका घरहरु निर्माण हुन सुरु भइसकेको छ । धेरै घरहरु निर्माण कार्य जारी नै रहेका छन् ।

भुकम्पपछि गाउँमा धमाधम घरहरु निर्माण भइरहँदा काठमाडौंका गल्लीहरुमा भने कच्ची घरहरु टेका र आँडमा रहँदै आएको छ । भूकम्पले धराप बनाएका घरहरुमा अहिले पनि व्यापार व्यावसाय गरिदै आएको छ । टेका दिएका धराप घरहरुमा मानिसहरु बस्दै आएका छन् । जीवन गुजारा चलाएका छन् ।

राजधानी काठमाडौंको भित्री भागमा भएका ती घरहरुले बाटोमा हिड्ने सर्वसाधरणका मनमा डर पैदा गराएको छ । गाह्रो नै पहिरिन लागेको यी घरहरुमा भयावह जीवन विताइरहेका छन् काठमाडौंबासी ।