‘डान्स इन्डिया डान्स’का सुजन तामाङ केन्द्रबिन्दुमा

नेपालमा मात्र होइन भारतमा समेत नाम छ, सुजन तामाङको । खासगरी नृत्यकलाको बृत्तमा उनी नामी भएका हुन् ।

सुजन काठमाडौंको बौद्धमा बस्छन् । सानो उमेर देखि नै डान्समा रुची राख्ने उनले २०१३ मा आफ्नै डान्स गु्रप बनाए ।

उनी भरखरै मात्र भारतको चर्चित डान्स रियालीटी शो डान्स इन्डिया डान्सको सिजन ६ मा सहभागी भए । चर्चित भारतीय रियालिटि शो ‘डान्स इन्डिया डान्स’मा अघि बढ्दैजाँदा उनी चर्चित बनेका हुन् ।