सगरमाथा परोपकारी समाज कुवेत द्वारा महाबिरपुन अबिस्कार केन्द्रलाई सहयोग

सगरमाथा परोपकारी समाज कुवेतले महाबिर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई कुवेतबाट १,६०००० (एक लाख छ हज़ार ) ने रु. बराबरको आर्थिक सहयोग गरेको छ।

”युवाहरूको सोचाई सामाजिक सेवानै पहिलो रोजाई”
भन्ने मुल नाराका साथ स्थापना भएको सगरमाथा कुवेतले स्थापना काल देखीनै उदारणिया काम गर्दै आएको छ।

कुवेतमा कार्यरत संस्थाका जागरुक युवाहरुको समुहले महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई रु १,६०००० (एक लाख छ हज़ार ) बराबरको सहयोग रकम हस्तान्तरण गरेको छ l

आत्मियता, एकता , भाइचारा र सद्भाव छर्ने आसय बोकेर संगठित भएका समाजिक भावना भएका जुझारु युवाहरु द्वारा संचालित अभियान ” सगरमाथा कूवेत संस्था बाट संकलित उक्त रकम पत्रकार सम्मेलन गरी, संघ संगै उक्त संस्थाका उपाध्यक्ष, ”नीम केसी” मार्फ़त मंगलवार राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष समेत रहेका समाजसेवी महाबिर पुनलाई हस्तान्तरण गरिएको हो l

उक्त कार्यक्रममा अहिलेको सबै भन्दा लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता संग” कार्यक्रमका प्रस्तोता पत्रकार रबि लामिछाने आऊने भनेता पनि , व्यस्तताको कारण आउन नपाएको उपाध्यक्ष केसीले जनाएका छन ।

२०१७ जुलाई मैना देखी महाबिर पुन सँगको सम्पर्कबाट संस्थाले अभियान थालेको थियो।

अभियानको निमित्त बिभिन्न संचार माध्यम र, कुवेतमा रहेका सँगसंस्था हरूलाई पत्रचार गरे बाबत पनी कही कतै कुनै पनी संस्थाबाट उक्त अबिस्कार केन्द्रलाई सहयोग प्राप्त भएको भने छैन।

कुवेतमा कार्यरत नेपाली हरू मध्य धेरैले महाबिरलाई चिन्न न सक्नु नै सगरमाथा परोपकारी समाज कूवेतको अभियान असफल हुनु ठहर गरीएको छ।

हाम्रो देसमा हरेकले सपना देख्ने गर्छन् कसैले आफ्नो लागि सपना देख्छन् कसैले आफ्नो परिवारको लागि सपना देख्छ्न र जसरी पनि आफ्नो सपना पुरा गर्न तप्पर हुन्छ।तर थोरै मान्छेले आफ्नो निजी स्वार्थ छोडेर देसको लागि सपना देख्ने गर्छ्न।

बैज्ञानिक क्षेत्रमा खोज अनुशन्धान गर्ने स्वदेशी बिधार्थी लाइ सहयोग गर्ने उदेश्यका साथ डा . महाबिर पुनको संयोजकत्वमा २०१२ मा ”खोलिएको राष्ट्रिय आविस्कार केन्द्रलाई रकम अभाब भएको भन्ने समाचार प्रकाशित भएपछी कुवेतमा रहेका सगरमाथा परोपकारी समाजका जागरुक युवाहरु रकम संकलन अभियानमा जुटेका थिए l

सोचे जस्तो अभियानले रूप न लीउनुनै आजको हामी युवाहरूको कमज़ोरी साबित भएको छ।

उक्त रकम नेपाल पठाई सकेको र आजै रकम हस्तांतरण गर्ने कार्यक्रम रहेको छ।

रकम संकलन पछी, अध्यक्ष बसन्त थापाले संस्था भित्र रहेका सम्पूर्ण सहयोगी दाताहरुलाई विशेष धन्यवाद प्रकट गर्दै यसरि धेरै थोरै रकम भए पनी राष्ट्र निर्माणमा जुटेको आविष्कार केन्द्र लाइ सहयोग गर्न पाउदा खुसि लागेको बिचार व्यक्त गरे l

त्यस्तै महासचिव किरण तामांगले , राष्ट्रनिर्माण ,भावि पुस्ताको भविष्य निर्माण र प्रत्यक्ष राष्ट्रियतासँग सम्बन्धित बिषयमा हाम्रो यस अभियानले लिने गरेको चासो ,दिने गरेको समय र निर्वाह गर्ने गरेको उत्तरदायित्व र कर्तव्यबोध लाइ तन,मन ,बचन र धनले खुलेर साथ ,सहयोग ,हौसला र माया दिनुहुने सम्पूर्ण सगरमाथा परोपकारी समाज भित्र रहेका सम्पूर्ण सहयोगी सदस्य हरूलाई पनी विशेष धन्यवाद दिएका छन।

यसरि देश विदेश बाट संकलित रकमलाई जलबिधुतमा लगानी गरि आएको प्रतिफल बाट आविस्कार केन्द्र लाइ थप मजबुत र दिगो बनाउने हामी युवाको सपना रहेको छ।
हामि सबै नेपालिहरुका आशा र भरोसाका धरोहर महाबिर पुनकै नेतृत्व र कार्यकालमा समपन्न होस भन्ने सबै अभियानकर्ता र सहयोगी कुवेत वासि नेपालिहरुको तर्फबाट शुभकामना सहितको धारणा यस अभियानका आर्थिक संकलन महासचिव तामांगले ब्यक्त गरेका छन।