शिल्पा र पुष्पको जोडीले गीत गाउदै आफ्नो निकटता देखाउदा सबै छक्क ( भिडियो सहित )

यहि फागुन २५ गते बाट नेपाल भरि प्रदसनमा आउन लागेको नेपाली मुभी मङ्गलमको प्रचार प्रसार तिब्र पारिएको छ . प्रचार प्रसारकै क्रममा गरिएको कुराकानी यहा समाबेस गरिएको छ . फिल्म ‘मंगलम’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ‘पर्ख पर्ख मायालु’ र ‘बम्पर उपहार’ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षाको विषय बनेको थियो । नायिका शिल्पा पोखरेल स्टारर फिल्मको ट्रेलर कलरफूल छ । रोदन, एक्सन, प्रेम देखाइएको ट्रेलरमा शिल्पाको प्रेममा नायक द्वय पुष्प खड्का र पृथ्वीराज प्रसाइँ ‘दिवाना’ भएका छन् । ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि अटाएकी छिन् ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । फिल्ममा मिथिला शर्मा, नीर शाह लगायतका कलाकारहरुको अभिनय छ । नायिका साम्राज्ञी ‘मंगलम’ मा केमियो भूमिकामा छिन् । धेरै पटक रिलिज डेट सरेको यो फिल्म फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।